प्रस, निजगढ, ९ माघ/
समुदायमा सरकारी वकील अन्तक्र्रिया कार्यक्रम शुक्रवार निजगढमा सम्पन्न भएको छ। जिल्ला सरकारी वकील कार्यालय कलैया बाराले आयोजना गरेको सो कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय जनताका लागि सरकारले स्थापना गरेको जानकारी दिए। सरकारी वकीलको कार्यालयबाट बहस गर्ने कुनै पनि मुद्दा, बहसहरूको कुनै शुल्क नलाग्ने सो कार्यक्रममा सहभागीहरूलाई जानकारी गराइएको थियो।
घटनाको प्रकृति अनुसार नै प्रहरीले अनुसन्धान गर्ने, प्रहरीले सङ्कलन गरेको घटनाको प्रमाणको आधारमा मुद्दा दायर हुने, बहस हुने भएकोले यस कार्यमा पीडित पक्षले बेलैमा सक्दो सहयोग गर्दा मात्रै दोषी नउम्कने र निर्दोष कसूरमा नपर्ने जिल्ला सरकारी वकील कार्यालय बाराका जिल्लाका न्यायाधिवक्ता महेन्द्रबहादुर थापाले बताए।
कुनै पनि घटना यही हाम्रै समाजमा घट्ने र मानिसले मानिसमाथि नै घटाउने भएकोले यसको असर पीडित पक्षलाई त हुन्छ नै गाउँबस्ती, समाजमा पनि रहने उनले बताउँदै यसलाई न्यूनीकरण गर्नु र सहयोग पु–याउनु सबै सचेत नागरिकको दायित्व र जिम्मेवारी रहेको न्यायाधिवक्ता थापाले बताए। कार्यक्रममा सहभागीहरूबाट सोधिएका प्रश्नको जवाफ दिंदै न्याय प्रमाणको आधारमा पाउने भएकोले पहिले प्रमाणलाई दरिलोरूपमा राख्नसमेत उनले आग्रह गरे।
कार्यक्रममा निजगढ–९ का अध्यक्ष सुदर्शन बडालले यस कार्यक्रमले नागरिकहरूमा अदालती कार्य, प्रक्रियाका बारे जानकारी हुने, वकीलहरूसँगको समन्वय नागरिकहरूमा राम्रो हुने, हेर्दा सामान्य लाग्ने तर कानून र न्यायलाई चुनौती दिने खालका घटनाका दोषी समयमंै कानूनी दायरामा आउने बताए। नागरिकमा यस्ता कानूनी जानकारी तथा ज्ञान बढाउन निजगढ नगरपालिका अग्रसर हुनुपर्ने उनले बताए।
कार्यक्रममा सहभागीहरू चन्द्रिका पुलामी, कर्णबहादुर लामा, मानबहादुर श्रेष्ठ, जनक श्रेष्ठ, खड्गप्रसाद उपे्रतीलगायतले जिज्ञासापूर्वक प्रश्न राखेका थिए।
कार्यक्रममा सहभागीहरूमध्ये महिला समाजसेवी शान्ति लामा, पत्रकार जीतलाल श्रेष्ठले कार्यक्रमको सान्दर्भिकताबारे मन्तव्य राखे। कार्यक्रममा स्वागत जिल्ला सरकारी वकीलको कार्यालय बाराका सहायक जिल्ला न्यायाधिवक्ता सुदीपकुमार रायले गरेका थिए।
कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकीलको कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता थापाले गरेका थिए भने सञ्चालन सहायक जिल्ला न्यायाधिवक्ता ठाकुरराम भण्डारीले गरेका थिए।