प्रस, वीरगंज, ८ माघ/
रूँगटा वेलफेयर सोसाइटी वीरगंजको सहयोगमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले गरीब, विपन्न व्यक्तिलाई ३० थान कम्बल वितरण गरेको छ।
आज तीसजना ठेलाचालकलाई कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराए।  
यसैबीच, समर्पण सेवा संस्थाको सहयोगमा सोनार युवा अभियानका युवाहरूले गएराति सडकपेटीमा सुतिरहेका २५ जनालाई कम्बल वितरण गरेका थिए। वीरगंजका विभिन्न स्थानमा सडकपेटीमा सुतेका गरीब, असहाय २५ जना व्यक्तिलाई कम्बल वितरण गरिएको राजकुमार सर्राफले जानकारी दिए।
यसैगरी, आज आमाको माया छात्रावासलाई आर्थिक सहयोग गरिएको छ। गुप्त दानबाट प्राप्त भएको रु २ लाख ५१ हजार प्रहरी उपरीक्ष्Fक बेलबहादुर पाण्डेले छात्रावासलाई प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here