राधेश्याम पटेल, परवानीपुर, ७ माघ/
प्रदेश नं. २ को सुदूरपश्चिमको जिल्ला को रूपमा पर्सालाई चिनिन्छ। पर्साको सदरमुकाम वीरगंज मुलुककै आर्थिक राजधानीको रूपमा परिचित थियो अब उपचार सेवामा पनि पहिचान बनाउन थालेको छ।
वीरगंजमा एक अर्बभन्दा बढी लगानीमा ठूला–ठूला निजी अस्पतालहरू स्थापना हुन थालेपछि, काठमाडौं, चितवन भारतको पटना, दिल्लीलगायत शहरमा उपचारको लागि जानुपर्ने बाध्यता टर्दै गएको छ। डेढ वर्ष अघि वीरगंज–पथलैया औद्योगिक करिडर, गण्डकमा सञ्चालनमा आएको नारायणी वयोधा अस्पताल प्रा.लि.ले अन्त्य पाउने प्रायः उपचार सेवा सस्तोमा वीरगंजमा उपलब्ध हुनु प्रदेश २ कै ८ जिल्लाका लागि सुखद पक्ष्F भएको बिरामीहरूले बताएका छन्।
विभिन्न विशेषज्ञ उपचार सेवासहित उक्त अस्पताल गत ९ जून २०१९ मा सञ्चालनमा आएको थियो। करीब ५० हजार वर्गमिटर क्ष्Fेत्रफलमा अवस्थित ३ तल्ले अस्पतालमा इन्टर्नल मेडिसिन, ओ.बी.एस./गाइनो, अर्थोपेडिक, न्युरो, युरोलोजी, ऐनेस्थेसिया, ग्यास्ट्रो, इन्टरलोजी, जेनेरल तथा लेप्रोस्कोपिक सेवा सञ्चालनमा छ।
दुई महीनाभित्र हेलीप्याडसहित कार्डियोलोजी सेवा सँगसँगै ओपिडीको नयाँ भवन पनि सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रजनीश भारतीले जानकारी गराए।
काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालका लगानीकर्ता र रक्सौलका ब्यवसायी अजय गुप्ताको सक्रियतामा सुविधासम्पन्न अस्पताल यस भेगमा सञ्चालनमा आएको थियो।
अहिलेसम्म १५ सयभन्दा बढी अपरेशन गरेको अस्पतालमा घुँडाको रिप्लेस्मेन्ट, हर्निया, गल्ब्लडरलगायत शल्यक्रिया गरेको जनाइएको छ।
अस्पतालमा वीरगंजका व्यवसायी अशोक बैद साझेदार रहेका छन्। सिम्रौनगढका एकजना गोली लागेका बालकलाई अस्पतालले निको पारेको थियो भने एक महीना पहिले जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराका एकजना वृद्धको दुवै घुँडाको एकैपटक अपरेशन गरेर उपचार सेवा दिएको अस्पतालका मेसु डा. भारतीले बताए।
उनका अनुसार पटना, दिल्ली र काठमाडौंपछि वीरगंजमैं यस्तो प्रकृतिको अपरेशन पहिलोचोटी भएको हो। उनले विभिन्न बैंक र करपोरेट हाउससँग सम्झौता गरेर प्रभावकारी सेवा दिइरहेको बताएका छन्।
वीरगंज करिडरको सूर्य नेपाल, डाबर, ब्रिटानिया, जगदम्बालगायत एक दर्जनभन्दा बढी उद्योगसँग सम्झौता गरेर स्टाफ, कर्मचारी, मजदूर लगायतको उपचारसेवाको ग्यारेन्टी गरिएको छ।
वयोधा नै किन ?
वीरगंजको राम्रो अस्पताल भएपनि महँगो ठानेर धेरैजना वयोधा अस्पताल जान हच्किन्छन् तर ओपिडी चेकअपमा अन्य ठाउँमा ५ सय रुपियाँ लागे तापनि वयोधामा १० प्रतिशत छुटको व्यवस्था छ। अर्थात् साढे चार सयमैं इच्छित डाक्टरसँग उपचार गराउन सकिन्छ। जेनरल वार्डमा प्रतिदिन प्रतिबेड १२ सय तिर्नुपर्छ भने कुरुवाको लागि छुट्टै बेड उपलब्ध हुन्छ। अस्पतालले बिरामीलाई प्रतिदिन रु ४ सयमा खाना उपलब्ध गराउँछ। खानामा सुप, ३ टाइम खाना, २ टाइम चिया र दूध पाइन्छ जसले गर्दा बिरामी चाँडै निको हुन्छ।
डिलक्स कोठाको एक दिनको शुल्क ४५ छ। त्यसमा टि.भी, फ्रिज अन्य बन्दोबस्ती सामान उपलब्ध हुने हुँदा बिरामीको परिवारजनले यो कोठा बढी माग गर्छन्।
आइसियुमा अन्य अस्पतालजस्तै एक दिनको ४५ सय शुल्क तोकिएकोमा एनआइसियु तर्फ १ दिनको तीन हजार पर्छ। त्यस्तै ट्विन शेयर रूमको लागि १ दिनको २२ सय पर्छ जसमा दुईजना बिरामी र दुईजना कुरुवा बस्न सक्छन्।
भरपर्दो सिटी स्केन र एमआरआई को सुविधा छ। अस्पतालले तीन महीना अघि लिंक रोडमा सिटी क्लिनिक पनि सञ्चालनमा ल्याएको छ।
अन्य अस्पतालमा घुँडाको अपरेशन ३ लाखभन्दा बढीमा हुने भए तापनि वीरगंजमा उक्त अपरेशन अढाईदेखि पौने तीन लाखसम्म हुन्छ। दूरबिनबाट हुने अपरेशन ३० देखि ३५ हजारमा हुन्छ साथै नर्मल डिलेभरी गराउँदा १५ हजारमैं उपचार सम्भव भएको बताइएको छ।
अस्पतालमा लौन्ड्री, अक्सिजन, ल्याब, एक्सरे, बिलिङ तथा कुरुवाकक्ष्F र पार्किड्ढो पनि उचित प्रबन्ध छ।