प्रस, वीरगंज, २ माघ/
नेपाल सरकार तथा सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंज र जिल्ला विपद् व्यवस्थापन पर्साको संयुक्त आयोजनामा २३औं भूकम्प सुरक्षा दिवस मनाइएको छ।
सो अवसरमा घण्टाघरबाट निस्किएको –याली विभिन्न प्लेकार्ड बोक्दै नगरपरिक्रमापछि घण्टाघरमैं पुगेर समापन भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आसमान तामाङले घर बनाउँदा भूकम्पप्रतिरोधी बनाउनुपर्ने बताए। उनले प्राविधिकसँग डिजाइन गरेर घर बनाउनुपर्ने बताए। विपद् जुनसुकै बेला पनि आउन सक्छ त्यसैले सचेत हुनुपर्ने बताए।
कार्यक्रमको सञ्चालन आयोजनाका प्रमुख दीपक दासले गरेका थिए। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो।