प्रस, परवानीपुर, २९ पुस/
हिमालयन डिस्टिलरी लि.को २०औं साधारणसभा सम्पन्न भएको छ। वीरगंज–२१ पटेलनगरस्थित उद्योग परिसरमा भएको साधारणसभामा पचास प्रतिशत नगद लाभांश र पचास प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।
आव २०७६/०७६ को वासलात पारित गर्दै साधारणसभाले लाभांश र शेयर वितरण प्रस्ताव पारित गरेको कम्पनी सचिव नेत्रप्रसाद तिमल्सिनाले जानकारी गराए। साधारणसभामा शेयरधनी स्वयम् वा प्रतिनिधिसहित ५९ जना सहभागी रहेकोमा त्यसमध्ये कुल शेयरधनीको ८०.६ प्रतिशतको सहभागिता थियो। बिहान १० देखि साढे ११ बजेसम्म भएको साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहको अध्यक्ष्Fतामा भएको कार्यक्रममा सञ्चालक सान्टु श्रेष्ठ, शङ्करराज पाण्डे, याङकिला (शेर्पा) रुइत र प्रकाशमणि घिमिरेलगायतको सहभागिता थियो।
त्यसैगरी, कम्पनीका पूर्वसञ्चालक समिति अध्यक्ष मार्गरेट टिजे साह, पूर्वप्रबन्ध सञ्चालक राजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेललगायतको सहभागिता थियो। कम्पनीको गत वर्षको पूँजी रु ५७ करोड ८४ लाख ६८ हजार रहेको र अब पारित बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी रु १९ करोड २८ लाख थपिंदा रु ८६ करोड ७७ लाख पुगेको छ।
आव २०७५/०७६ मा कम्पनीले रु ५३ करोड खुद मुनाफा गरेको भए तापनि गत आवमा चैत ११ देखि असारसम्म भएको लकडाउनको कारण कम्पनीको उत्पादन, बिक्री वितरण प्रभावित भएपछि खुद मुनाफा झन्डै रु ७ करोड घटेर गत आवमा रु ४६ करोड ६९ लाख मुनाफा भएको थियो।
कम्पनीले खुद मुनाफाको १० प्रतिशत  कर्मचारी बोनस बाँड्ने हुँदा गत आवको रु ६ करोड ९६ लाख बोनस वितरण गर्ने बताएको छ। बोनस ऐन अन्तर्गत सबै कर्मचारीलाई बोनस रकम स्केलको आधारमा बाँडिनेछ।
पहिलेदेखि सिग्रामको रोयल स्टेगको उत्पादन गर्दै आएकोमा रोयल्टीको विवादपछि दुई वर्षदेखि रोयल स्टेगको उत्पादन बन्द गरेको छ भने आफ्नै ब्रान्ड रोयल टे«जर, गोल्डेन ओक, ब्ल्याक ओक उत्पादन गर्दै आएको छ। २०४३ सालमा स्थापना भएको कम्पनीले २०५४ सालदेखि उत्पादन शुरू गरेको थियो भने २०५८ सालदेखि शेयर निष्कासन गर्दै लिमिटेड कम्पनीको रूपमा कारोबार अगाडि बढाएको थियो।  
अहिले नेपालमा मध्यम मूल्यको मदिरामध्ये गोल्डेन ओक सबैभन्दा बिक्री हुने ब्रान्डको रूपमा परिचित छ। चालू आव २०७७/०७८ को प्रथम त्रैमासिकमा कम्पनीले रु १८ करोड मुनाफा गरेको कारखाना प्रबन्धक उदय भण्डारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here