प्रस, वीरगंज, २४ पुस/
प्रदेश नं २ मा रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूलाई पहिचान गरी स्तरोन्नति गर्न प्रदेश सरकार लागिपरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले जानकारी गराएका छन्।
सखुवाप्रसौनी गापाले महुवनमा आयोजना गरेको पारसनाथ जयन्ती समारोहमा बोल्दै मुख्यमन्त्री गद्दीले प्रदेशभित्र रहेका प्रत्येक धर्म र समुदायसँग सहकार्य गरी प्रदेश सरकार अगाडि बढिरहेको बताए।
प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको जीर्णोद्धार हुन नसक्दा आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आउन नसकेको बताए।
पर्साको इतिहासमा पारसनाथको नामबाट पर्साको नामकरण भएको तर पारसनाथको मन्दिर अहिले जीर्ण बन्नुमा स्थानीय र प्रदेश सरकार दोषी रहेको बताए।
मन्दिरको जीर्णोद्धारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै उनले लागत पहिचान गरी ठोस योजनासहित प्रदेश सरकारलाई उपलब्ध गराएमा आगामी आर्थिक वर्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्दिरलाई जैन सर्किटसँग जोडेमा यहाँको विकास हुने उनले बताए। प्रदेश सरकारले महत्वपूर्ण तीर्थस्थलहरूको पहिचान गरेर जीर्णोद्धार कार्य शुरू गरिसकेको बताए।
भारतीय महावाणिज्यदूत नितेश कुमारले केही वर्षअगाडि जनकपुरमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाए अनुसार नेपालमा रहेका अधिकांश महत्वपूर्ण धार्मिकस्थललाई जैन सर्किटसँग जोड्ने कार्य शुभारम्भ भइसकेको बताए।
भारत सरकारले पारसनाथ मन्दिरलाई अन्तर्राष्ट्रिय सर्किटसँग जोड्ने अभियानमा प्रत्यक्ष्F सहयोग पु–याउने प्रतिबद्धता व्यक्त गरिसकेको उनले बताए।
कार्यक्रममा नेपाल जैन धर्मका उपाध्यक्ष्F अशोक बैदले मन्दिरको विकासको लागि डिपिआर तथा मन्दिरको सम्पत्ति ट्रस्टमा ल्याउन स्थानीयले सहयोग गरे जैन धर्म संस्थाले अर्बौं रुपैयाँ लगानी गर्न तयार रहेको बताए।
हाल सो मन्दिर गुठीभित्र रहेकोले  ट्रस्ट स्थापना गरी अगाडि बढ्न बैदले आह्वान गरे।
उनले मन्दिर विकास अन्तर्गत पोखरी निर्माण, विद्यालय स्थापना, अस्पताल निर्माण हुने र प्रदेश सरकारले प्राविधिकरूपमा सहयोग गरिदिनुपर्ने आग्रह गरे।
पारसनाथ मन्दिर विकास समितिका अध्यक्ष्F शिवनाथप्रसाद साहको सभापतित्वमा भएको कार्यक्रमबारे पत्रकार चन्दकिशोरले पारसनाथ मन्दिरको इतिहासबारे प्रकाश पारेका थिए।
कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, गापा अध्यक्ष्F प्रदीप जैसवाल, समाजसेवी प्रमोद जैसवाललगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा हनुमानीदेवी बैद ट्रस्टले महुवनमा रहेको मस्जिदलाई ५ सय थान कम्बल हस्तान्तरण गरेको थियो। कार्यक्रममा बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत दीपनारायण माध्यमिक विद्यालय श्रीपुर पंचगावाँमा कक्षा ११ मा अध्ययनरत छात्रहरूलाई मुख्यमन्त्री गद्दीले साइकल वितरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here