प्रस, पंचगावाँ, २४ पुस/
जिल्ला कृषि सहकारी सङ्घ लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
महुवन स्वास्थ्य चौकीमा आयोजित साधारणसभाको प्रदेश नं २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा साहले उद्घाटन गरेकी थिइन्।
उनले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको परिपालना गर्दै उद्यमशीलताको विकास गरी सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि सहकारी सङ्घसंस्था स्थापना भएको बताइन्। उनले सहकारी आर्थिक क्रियाकलाप गर्ने प्रजातान्त्रिक सङ्गठन भएको बताउँदै यसले सामाजिक एकीकरण, रोजगार सृजना तथा गरीबी निवारणको लागि योगदान पु–याउँदै आएको दाबी गरिन्।
सहकारीको कारण ग्रामीण समुदायमा वित्तीय पहँुच र लैङ्गिक सशक्तीकरण बढेको, घरेलु हिंसा न्यूनीकरण भएको र विपन्न वर्गको उत्थान भएको दाबी गरिन्।
सङ्घका अध्यक्ष्F शिवकुमार साहले आव २०७६/७७ को वार्षिक कारोबार २१ करोड ५९ लाख ५० हजारको आयव्यय प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नेफस्कुनका सञ्चालक हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ पर्साका अध्यक्ष्F राजेश पण्डित, जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, युवा स्वरोजगार कोषका सुनील रौनियारलगायतको सहभागिता थियो।
कार्यक्रममा स्वागत महासचिव खड्गबहादुर श्रेष्ठ र सहजीकरण अरविन्दकुमार साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here