प्रस, वीरगंज, २३ पुस/
पर्सा जिल्लामा मोतीबिन्दुका बिरामीहरू पुरुषभन्दा बढी महिलाहरू भएको पाइएको छ।
विभिन्न चरणमा गरिएको शिविरमा मोतीबिन्दुका बिरामीहरू पुरुषभन्दा बढी महिलाहरू भएको माट्रिका आई फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए। उनले अहिले नगरप्रमुख विजयकुमार सरावगीको सहकार्यमा भइरहेको आँखा शिविरमा ६० प्रतिशत महिलामा मोतीबिन्दु भएको बताए। धामीले मधुमेह, उच्च रक्तचाप, जथाभावी औषधि सेवन गर्नेहरू र उमेर हदको हिसाबले ६० वर्षभन्दा माथिका मानिसमा मोतीबिन्दु हुने गरेको बताए। जन्मजात मोतीबिन्दुका रोगीहरू दुर्लभ भेटिने गरेको उनले बताए।
यसअघिको शिविरमा एकजना १५ वर्षीया युवती जन्मजात मोतीबिन्दु भएको पाइएको थियो भने चालू शिविरमा ६ जनाभन्दा बढी जन्मजात मोतीबिन्दु भएको पाइएको छ। फाउन्डेशनका धामीले यस्तो घटना दुर्लभ हुने गरेको र यसपटक गत वर्षभन्दा झनै बढी देखा परेको बताए। अहिलेसम्म शिविरमा ६ जनाभन्दा बढी फेला परेकाले जन्मजात मोतीबिन्दु भएका रोगीहरू अझै हुन सक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here