प्रस, वीरगंज, २३ पुस/
मासुको परिकार तासको चर्चा हुँदा अहिले वीरगंजमा बिर्खे दाइको तासपसल निकै चर्चामा छ।
वीरगंज–११ श्रीपुरमा बिर्खे दाइको तासपसलबारे जिल्लाकै मानिसहरू अनभिज्ञ छैनन्। बिहान ११ देखि बेलुकी ८ बजेसम्म तासका शोखिनहरूको भीड लाग्ने गरेको छ। दैनिक उनले ३० देखि ३५ किलो तास बिक्री गर्दै आएका छन्।
विगत ३० वर्षदेखि उनले यो व्यवसाय चलाउँदै आएका छन्। उनको व्यवसायमा परिवारका सदस्यहरूले सघाउँदै आएका छन्।
बिर्खे दाइका तीनजना छोरामध्ये दुईजनाले पसलमा बुबालाई सघाउँदै आएका छन् भने पत्नी र छोरीले भने घरकार्यमा सघाउँछन्। बिहान ८ देखि बेलुका ८ बजेसम्म तासको तयारीमा जुट्नुपर्ने आफ्नो दैनिकी रहेको बिर्खे दाइ बताउँछन्।
पत्नी र छोरीले तासमा लाग्ने मसालाको जोहो गर्ने र माइला छोरा विक्रम रेश्मीमगर र कान्छा छोरा विनोद रेश्मीमगरले पसलमा सघाउँदै आएका छन्। उनका जेठा छोरा विशालले पनि सघाएका थिए तर अहिले उनी एक औषधि कारखानामा विगत ९ वर्षदेखि गाडीचालक छन्।
दुईजना छोरा माइला र कान्छाले +२ उत्तीर्ण गरेका छन्।
माइला सशस्त्रमा र कान्छा जनपद प्रहरीको निरीक्ष्Fकमा भर्ना हुन खोजे पनि उनीहरूको स्वास्थ्यले साथ नदिएकोले भर्ना हुन नसकेपछि बुबाको व्यवसायलाई सघाउँदै आएका हुन्। वैदेशिक रोजगारमा भन्दा बुबाको व्यवसायमा बढी मुनाफा भएको र परिवारसँगै बस्न पाउने अवसर भएकोले छोराहरूले बुबालाई सघाउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here