सुदर्शनराज पाण्डे

यतिखेर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले तजबिजी शासन, काम चलाउ शासन चलाइरहेका छन् जसलाई ‘ओलीतन्त्र’ भन्न सकिन्छ। पार्टी विधान, देशको संविधान, लोक–सम्मतिलाई मिचेर  मनपर्दो, तजबिजी शासन चलाएर देश र जनतालाई सास्ती दिएर शासनको मस्ती लुटिरहेका छन्। विधिको शासन, जनताको शासन कहींकतै छैन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले ओलीको तन्त्रलाई साथ दिइरहेको छ। जुन देश र जनताका लागि दुर्भाग्यपूर्ण ठहरिएको छ। ओलीले देश र जनताको आवश्यकता र चाहनाविपरीत सबै काम कुरा आफ्नै इन्तिजाम र बन्दोबस्तमा गरिरहेका छन्। ओलीकै लहड, इच्छा र स्वार्थमा ओलीतन्त्र चलिरहेको छ। खराब प्रवृत्ति, खराब संस्कृति राजनीतिमा भित्रिएको छ। ओलीकै विवेक, इच्छा र प्रबन्धमा नेपालको शासन चलिरहेको छ। ओलीको लहड र रहरमा शासन चल्नु लोकतन्त्र र गणतन्त्र हुँदैन। ओलीतन्त्रमा पक्ष्Fपात, विभेद र पूर्वाग्रहको राजनीतिक संस्कृति कायम छ। जन–दमनको स्वेच्छाचारी शासन बन्दैछ, जसलाई आम जनताले नकारिरहेका छन्। यतिखेर राजनीतिक र कूटनीतिक सन्तुलन सङ्कटमा परेको छ। ओलीतन्त्रमा राजनीतिक अशान्ति र अराजकता बढेको छ। कोरोना सङ्क्रमणको महामारीले आम जनताको आर्थिक अवस्था नाजुक बनाउँदै लगेको छ र ओलीलाई प्रधानमन्त्री पद जोगाउनु बाहेक अर्को चिन्ता र चासो छैन। पूँजीगत खर्च बढ्न सकेन, साधारण खर्च बढेको बढ्यै छ। राजस्व सङ्कलन घट्दो, सरकारी खर्च बढ्दो कारणले देश टाट पल्टने अवस्थामा पुग्दैछ। विकास बजेट र विदेशी ऋण तथा अनुदानबाट गरिएका विकास निमर्Fणमा व्यापक भ्रष्टाचार छ। अदालतदेखि सबै कार्यलयमा घूसखोरी सामान्य बनेको छ। घूसविना सरकारी कार्यालयमा कामै नहुने अवस्था छ। ओलीको तजबिजी शासन सङ्कटमा पर्ने सङ्केतस्वरूप हालै छलफलका लागि सर्वदलीय वैठक बोलाइयो। बैठकका सहभागी पार्टीका नेताहरूले ओली सरकारकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जनता सडकमा उत्रिएको निष्कर्ष निकालियो। ओलीले लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गरे। ओलीतन्त्रसँग सहकार्य गर्ने पक्ष्Fमा विपक्ष्Fी पार्टीहरू देखिंदैनन्।
राजनीति यतिखेर तरल, कमजोर र असफल बनेको छ। विदेशी हस्तक्ष्Fेप बढ्दो छ। जनता आन्दोलित छ। यसबाट के प्रस्ट हुन्छ भने ओलीतन्त्र, देशलाई बर्बाद बनाएर मात्र अवसान हुन्छ। ओलीले नेतृत्व गरेको सत्ताधारी नेकपाका नेता, कार्यकर्ता नै ओलीको मनपरीतन्त्र विरुद्ध उत्रिएका छन्। ओलीतन्त्र कुन शक्तिको आडमा टिकिरहेको छ बुझ्न कठिन छ। ओलीसँग चीन, भारत र अमेरिकाका कूटनीतिक, राजनीतिक व्यक्तिहरू भेटिरहेका छन्। उनीहरूले के भनेर गएका छन्, प्रधानमन्त्री ओलीले के गरिरहेका छन् बुझ्न गा–हो छ। परिस्थिति अपारदर्शी छ।
राजनीति गुटबन्दी, षड्यन्त्र र अवसरवादिता खतरारूपमा प्रकट भइरहेको छ। सार्वभौम नेपाली जनता निर्णायक हो तर विदेशी स्वार्थ र नेपाली सेना निर्णायक बन्छ कि जस्तो छ। राजावादीहरूले देशैभर गर्दै अFइरहेको जन प्रदर्शनले वर्तमान सरकार र व्यवस्थाको विकल्प खोजिरहेको छ। यतिखेर सरकार र व्यवस्था दुवै एकै साथ असफल हुँदै गएकोले राजनीतिक दुर्घटना टारेर नटर्ने अवस्थामा पुगेको छ।
अब यो देशका हरेक नागरिक उठ्नु पर्दछ। देशको स्वाधीनता र जनताको अधिकारको लागि नेपाली माटोको माया गर्ने सबै अब सजग र सतर्क हुनुपर्दछ। ओलीको तजबिजी शासनविरुद्ध राजावादी राष्ट्रवादी नेकपाको झन्डा बोकेर, विप्लव नेतृत्वको नेकपालगायत कम्युनिस्ट पार्टीका कार्यकर्ता कम्युनिस्ट झन्डा बोकेर काङ्ग्रेस सडकमा उत्रिसकेका छन्, आन्दोलन रोकिनेवाला छैन। विप्लवलाई दूरदर्शी, क्रान्तिकारी, देशभक्त असल नेता मान्नु नै पर्दछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाका लागि संविधान जारी भए देखि नै विप्लवले दलालहरूले चलाउने यो व्यवस्था टिक्दैन भनेर भविष्यवाणी गरेका थिए, अहिले लगभग व्यवस्था धरापमा परेको छ। शोषित उत्पीडित परिवर्तन चाहने सबै नेपाली जतिसक्दो छिटो सडकमा उत्रिन्छ, त्यति छिटो यो व्यवस्थाको अवसान हुनेछ। अब विदेशी शक्तिलाई गुहारेर, उनीहरूको आडमा ओली, प्रचण्ड, शेरबहादुरलगायतले व्यवस्थाको रक्षा गर्न सक्दैनन्। बर्बाद हुँदै गइरहेको देशको रक्षा खातिर जनताले स्वस्फूर्त शान्तिपूर्ण र अराजकतापूर्ण सडक सङ्घर्ष रोजिसकेको छ। अघि बढिसकेको आन्दोलन कुनै प्रतिक्रियावादी शाक्तिले रोकेर रोकिन्न। आन्दोलनले अन्तिम निष्कर्ष खोज्छ नै। अब राजावादी, विप्लव नेतृत्वको पार्टी अन्य राजनीतिक शक्ति एकीकृत भएर एकीकृत जनक्रान्तिद्वारा यथास्थितिमा आमूल परिवर्तन ल्याउनुपर्दछ। विदेशी हस्तक्ष्Fेप रोकिनुपर्दछ। अबको क्रान्ति राष्ट्र निर्माण गर्ने बलियो अस्त्र बन्नुपर्दछ। शहर र गाउँका उत्पीडित जनता एकीकृत भएर हुने क्रान्तिमा बुद्धिजीवी, मजदूर, किसान, दलित, जनजाति, बाहुन–क्ष्Fत्री, मधेसी, महिला सबैको विशाल सहभागिता भएपछि पूँजीवादी दलाल व्यवस्थाको अवश्य अन्त्येष्टि हुन्छ। अबको क्रान्ति देश र जनता चुस्ने, लुट्ने खराब प्रवृत्तिका विरुद्ध हुनुपर्दछ। सम्झौताहीन हुनुपर्दछ। जनता जागेपछि, उठेपछि असम्भव के हुन्छ ? नेपालका सबै मिडियाले क्रान्तिलाई सघाउनुपर्दछ। नेपालको प्रमुख मुद्दा दलाल पूँजीवाद, विदेशी हस्तक्ष्Fेप, भ्रष्टाचार, महँगी, मानव अधिकार उल्लङ्घन, सरकारी नीति, कार्यक्रम र योजना कार्यान्वयनमा ढिलाइ, बढ्दो घूसखोरी र बेरोजगारलगायत छन्। सरकारी साधारण खर्च बढ्दो, पूँजीगत खर्च घट्दो छ। खाद्यान्न उत्पादन घट्दै गइरहेको छ। कोभिड–१९ का कारण सबै क्ष्Fेत्रमा प्रभाव परेको छ। सरकार सँग आइपरेको चुनौतीको सामना गर्ने प्रभावकारी कार्यक्रम छैन। देश लथालिङ्ग छ, अव्यवस्था छ, जन असन्तुष्टि र आक्रोश बढ्दोे छ। गणतन्त्र अब घाँडो भइसकेको छ। देश लुट्न पाइँदैन, गणतन्त्र चाहिंदैन नारा सार्वभौम नेपाली जनता राजनीतिकका निर्णायक शक्तिहरूले सडकमा उठाइरहेका छन्। क्रान्ति सफल हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here