प्रस, पंचगावाँ, १९ पुस/
विन्ध्यवासिनी गाउँपालिकाको आर्थिक सहयोग र सृजनशील विकास केन्द्र प्रालि, पर्साको आयोजना तथा माट्रिका आई फाउन्डेशनको समन्वयमा गापाको वडा नं ३ झौवामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरको उद्घाटन गापा अध्यक्ष श्रीलाल साह मोदीले गरेका थिए। उनले अति गरीब, विपन्न, दलित समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताए। यो समुदायका मानिसहरू आँखारोगी भएपनि अर्थ अभावले उपचार गराउन असमर्थ रहने हुँदा शिविरमा उनीहरूको आँखाको उपचार गर्ने र मोतीबिन्दु भएकाहरूको निश्शुल्क शल्यक्रिया गरिने बताए।
कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत नरेश चौहान, लेखा अधिकृत मिथिलेश कुशवाहा, विपद् व्यवस्थापन गुल्म पर्साका प्रहरी निरीक्ष्Fक सरोज प्रजापति, इलाका प्रहरी कार्यालय, पोखरियाका प्रनि दीपक थापा, बिओपी अमरपट्टिका सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीलगायतको सहभागिता थियो। शिविरमा फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामी, रुबि राउत, पिङ्की कुशवाहा, निशा लामा, सञ्जय ठाकुरलगायत प्राविधिकहरूले आँखा जाँच गरेका थिए। शिविरमा ३ सयजनाको आँखा चेकजाँच गर्दा १०८ जनामा मोतीबिन्दु देखिएको गापा स्वास्थ्य संयोजक रामेश्वर चौरसियाले बताए। उनले मोतीबिन्दु भएका बिरामीहरूलाई यही पुस २५–२७ गतेसम्म तीन दिन शल्यक्रिया गरिने बताए। शिविरमा आवश्यक औषधि निश्शुल्क वितरण गरिएको सहसंयोजक चौरसियाले बताए।