प्रस, जनकपुरधाम, १९ पुस/
बालिकालाई करणी गरेको अभियोगमा धनुषाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं ८ हरिने बस्ने १९ वर्षीय विजयकुमार दास र सोही स्थानका २२ वर्षीय सद्दाम हुसेन छन्।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दास र हुसेनलाई शुक्रवार राति प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो।
खेतमा गएको मौका छोपी उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने मौखिक जानकारी पाएपछि चोराकोयलपुर र इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।