प्रस, निजगढ, १८ पुस/

महेन्द्र राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया–अमलेखगंज सडकखण्डको आधाभारनजीकै जीपको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा.१६च ८११ नम्बरको कारको ठक्करले गम्भीर घFइते भएकी पोथी बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए।

शनिवार बिहान करीब साढे ७ बजे पर्सा राष्ट्रिय निकुञ्जको वनक्षेत्रबाट बाघ सडक पार गर्न खोज्दा दु्रतगतिमा  रहेको कारसँग ठोक्किएको र टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमैं मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

कार र चालक अजय मिश्र निकुञ्जको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी रमेश यादवले जानकारी दिए। मृत्यु हुने बाघको उमेर बढीमा १० वर्ष र लम्बाइ २.५६ मिटर र उचाइ १.६० मिटर रहेको जनाएको छ। निकुञ्जमा हाल १९ वटा पाटेबाघ भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here