प्रस, वीरगंज, १६ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले बिहीवार वीउवासङ्घको सभाकक्ष्Fमा निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ।
अन्तत्र्रिmयामा वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले अवैध व्यापार निरुत्साहित गर्नुपर्नेमा जोड दिए। उनले वैध व्यापारलाई प्रोत्साहन गर्न तथा राज्य र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
अध्यक्ष केडियाले निजी क्षेत्र र राज्यबीच सही सन्तुलन एवं सहअस्तित्वको भावना विकास हुनुपर्ने बताए। उनले कोरोना महामारीको समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दर्ता भएका फर्महरूलाई नवीकरण गराउँदा छुटको व्यवस्था हुनुपर्ने बताए।
वीउवासङ्घका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै भारत, बिहार, लक्ष्मीपुर (रक्सौल)देखि एकीकृत भन्सार जाँचचौकीसम्मको सडक स्तरोन्नति गरी चार लेनको बनाउनुपर्ने माग गरे। उनले सो मार्गमा रेलवे ट्र्याक भएकोले २–३ ठाउँमा आकाशेपुल निर्माण गर्नुपर्ने, सडकबत्तीको व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव श्रीधर गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा वीरगंज भन्सार कार्यालयका मुख्य भन्सार प्रशासक महेश आचार्यले भन्सार कार्यालयले प्रदान गरेको सेवा सुविधा, निर्यातबारे जानकारी गराएका थिए।
मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कोभिड–१९ का कारण नवीकरण हुन नसकेका वाणिज्य कार्यालयमा दर्ता भएका फर्महरूको हकमा चैत मसान्तसम्म र पुराना फर्महरूको हकमा २०७८ असार १० गतेसम्म समयावधि बढाइने बताए।
अन्तत्र्रिmयामा वीउवासङ्घका पूर्वअध्यक्ष गणेश लाठ, अशोक टेमानी, अशोक बैध, प्रदीप केडिया, हरि गौतम, मनोज दास, आशिष् लाठ, सुमन क्याल, शिवजी साहलगायतले धारणा राखेका थिए।
कार्यक्रममा पार्वती शर्मा, अनीता पौडेल, शाखा अधिकृत नवराज पराजुली, वीरगंज भन्सार कार्यालयका मुख्य भन्सार प्रशासक महेश आचार्य, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्री र वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतद्वय हरिहर पौडेल र दिलीप केसी, वाणिज्य कार्यालय, वीरगंजका प्रमुख जीतबहादुर भण्डारीलगायतको सहभागिता थियो।