प्रस, पंचगावाँ, १५ पुस
कृषि ज्ञानकेन्द्र पर्साले छिपहरमाई गाउँपालिकाको भिस्वा, धोबिनी गापाको लङ्गडी, ठोरी गापाको ढुङ्गेबजार र पटेर्वासुगौली गापाको फरदवामा बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविर सम्पन्न गरेको छ ।
शिविरमा बालीमा विभिन्न रोग, कीराको प्रकोपबारे जानकारी गराइएको थियो । गहुँ, मकै, आलु र तरकारी बालीमा लागेको डरूवा, थ्रिप्स, मोजेक, सूक्ष्म तŒव कमी, झारपात र बाली ओइलाउनुलगायतको समस्याले चिन्तित किसानहरूलाई मध्यनजर शिविर आयोजना गरिएको थियो ।
पहिलो दिनको शिविरमा भिस्वामा २ सयजना, दोस्रो दिन धोबिनीमा १५० जना, तेस्रो दिन ढुङ्गेबजारमा २८० जना र चौथो दिन फरदवामा २२० जना गरी ८५० जना किसानको बालीको उपचार, परामर्श र विभिन्न विषादि वितरण गरिएको कृषि ज्ञानकेन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल रौनियारले बताए ।
शिबिरमा श्यामकिशोर कुर्मी, रामकलेश साह, कुशेश्वर यादव र सुरेश चौरसियालगायतले प्राविधिक सहयोग गरेको जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहले बताए ।