प्रस, वीरगंज, १२ पुस/
ड्राइभिङ स्कूल सङ्घ नेपाल प्रदेश २ समितिले मुख्यमन्त्री लालबाबूराउत गद्दीलाई ज्ञापनपत्र बुझाएको छ।
सङ्घका प्रदेश अध्यक्ष अकलेश साह नेतृत्वको टोलीले मुख्यमन्त्री गद्दीलाई भेटेर चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा सङ्घ सरकारको निर्देशिका २०७४ अनुसार एउटा ड्राइभिङ सेन्टरले एउटा ट्रायल सेन्टर बनाउनुपर्ने नियम खारेज गरी ४/५ जना मिलेर एउटा ट्रायल सेन्टर बनाउनुपर्ने, रोकिएको ड्राइभिड्ढो प्रमाणपत्र पुनः लागू हुनुपर्ने, रोकिएको ड्राइभिङ स्कूलको नवीकरण सहज तरीकाले गर्न पाउनुपर्ने र निर्देशिका अनुसार चारजना प्रशिक्षक राखिएको ठाउँमा एकजना प्रशिक्षक अनिवार्य राख्न पाउनुपर्ने माग गरिएको छ।
टोलीले जनकपुरमा मुख्यमन्त्रीका साथै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामाधार साहसमक्ष पनि ४ बुँदे मागपत्र प्रस्तुत गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here