प्रस, वीरगंज, १२ पुस/
वीरगंजको घण्टाघरनजीक रहेको महानगरको जग्गा विपी उद्यानमा बसोबास गर्दै आएका ४३ दलित परिवारको घर वीरगंज महानगरपालिकाले भत्काएको छ।
विगत २० वर्षदेखि सोे जग्गामा बसोबास गर्दै आएका दलितहरूको घर आज बिहान महानगरले डोजर लगाएर भत्काएपछि करीब अढाई सय दलित घरविहीन भएका छन्। त्यहाँ बालबालिका, वृद्ध गरी २५७ जना बसोबास गर्दै आएको दलित जगदीश रामले बताए।
त्यहाँ बसोबास गर्ने दलितहरू महानगरका विभिन्न वडामा सरसफाइलगायतका काम गर्ने गर्छन्। सरसफाइ प्रमुख सर्पुmद्दीन अन्सारीको नेतृत्वको टोलीले दलितबस्ती भत्काएको हो।
यस विषयमा अन्सारीले महानगरले सो जग्गाको स्तरोन्नति गर्न थालेको र त्यहाँ बसोबास गर्नेहरूलाई ठाउँ छाड्न पटक–पटक जानकारी गराउँदा पनि अटेर गरेपछि आज बल प्रयोग गरेर हटाइएको बताए। महानगरको सो जग्गामा माटो भर्ने र पर्खालले घेर्ने काम भइरहेकोले सो हाताभित्र कसैलाई स्थायीरूपमा बस्न नदिने महानगरले जनाएको छ।