– हरि जिसी

बिहे गरेको ते¥हौं वर्षसम्म आफ्नै गाउँमा सुख–दुःख जीवन व्यतीत गरेका रमा र उसका पति रविकान्त एक्कासि शहर पस्ने निर्णय गर्छन् र शहरको गल्लीमा सानोतिनो चियापसल खोलेर जीवन चलाउँछन् ।
आजभोलि भन्दाभन्दै चिनेका साथै नचिनेका पनि चिनजानमा परिणत हुँदै जान्छन् । शुरू–शुरूमा शहरीया जीवन, वातावरण, मौसम, लवाइखवाइ, राजनीति सबैमा शून्य ती दम्पती पछि–पछि आफूलाई पनि शहरीया हावामा बहाउनतिर उद्यत हुन्छन् ।
एक दिन आफ्नै गाउँकी भाउजू पर्नेसँगको गफगाफमा म्यारिज एनिभर्सरी मनाउने चर्चा चल्छ । भाउजूले शहरमा बसेपछि सोही अनुसार चल्न नसके सबैले हेप्ने कुरा गरेपछि रमालाई पनि सो प्रस्ताव ठीकै लाग्छ ।
भोलिपल्ट सोही प्रस्ताव रविकान्तसँग राख्दा ऊ अवाक भई आफ्नो काममा तल्लीन भइरहन्छ । उता रमा भने म्यारिज एनिभर्सरीमा सजिएर उपहार समात्दै सबैलाई हात हल्लाएको कल्पनामा डुब्छिन् ।
त्यसै क्रममा रमाको भेट गाउँकै साथी शशीकलासँग पनि हुन्छ । उनी पेशाले सरकारी जागीरे हुन्, जसको शहरमा ठूलो घर पनि छ । रमाले सोही कुरा शशीलाई पनि शेयर गर्छिन् । शशी भन्छिन्– “हेर साथी १ जुन कुरा तिमी भन्दैछौ, यो हाम्रो धर्म, संस्कार कुनैमा पनि पर्दैन । तिमी यो के भन्दैछौ ? विवाह एकपटक हुन्छ जीवनमा जो भइसक्यो । जहाँसम्म उही दिनको कुरा छ, त्यो दिन, त्यो मौसम, त्यो अवस्था, ती इष्टमित्र त्यो सङ्कटलाई वर्तमानमा आएर शहरीया आडम्बरले छोपेर कृत्रिमता नअपनाउनु बुद्धिमानी हुनेछ । छोडिदेऊ यी सब कुरा । आफ्नो औकातलाई कहिले पनि भुल्नुहुन्न मान्छेले ।”
रविकान्तले नचाहेरै पनि म्यारिज एनिभर्सरीको इन्भिटेशन पोस्ट ग¥यो ।  भाडाको कोठा मान्छेहरूको खचाखच भीड थियो ।
रमालाई अँगालोभरि गिफ्ट समात्न हम्मेहम्मे थियो । कतिले भने ढोकाबाहिरबाटै ठूलो स्वरमा ज्बउउथ ःबचचष्बनभ ब्ललष्खभचकबचथ भन्दै थिए । जवाफमा रमाले त्योभन्दा ठूलो आवाजमा हात हल्लाउँदै क्बmभ तय थयग भन्दै थिइन् । उता कुनामा रविकान्त भने बिरामी छोरीलाई तातो पानी खुवाउँदै थियो ।
प्युठान, हालः रौतहट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here