प्रस, परवानीपुर, ६ पुस/
नारायणी अस्पताल वीरगंजमा कर्मचारीहरूको मनपरीतन्त्र मौलाएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले मङ्सिर २९ गते गरेको छड्के अनुगमनमा एकै दिन १२२ जना कर्मचारी गैरहाजिरी देखिए।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो टोलीले गरेको छड्के अनुगमनमा एक दर्जन सिनियर चिकित्सक, एक दर्जन मेडिकल अधिकृत, एक दर्जन चिकित्सक, नर्सिङ अधिकृत, स्टाफ नर्स, अहेब, हेल्थ असिस्टेन्ट, फार्मेसी, फार्मेसी अधिकृत, फार्मेसी सहायक, स्टोरकीपर, सुब्बा, खरिदार, ल्याब टेक्निसियन, रेडियोग्राफर, मुखिया रिसेप्सन, कार्यालय सहयोगी, सफाइकर्मीलगायत गैरहाजिरी भएको छानबिनबाट देखिएको छ।
कोरोनाको सन्त्रासबीच एकातिर कर्मचारीहरूले सामाजिक दूरी अपनाइ एउटा विभागमा सीमित सङ्ख्यामा मात्र बिरामी चेकजाँच गर्ने गरेका छन् भने अर्कोतिर सयौंको सङ्ख्यामा कर्मचारी गैरहाजिरी हुने गरेको देखिएको छ। जसमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरको लापरवाही देखिएको छ।
गैरहाजिरी हुने चिकित्सकहरूमा सुरेन्द्रप्रसाद चौधरी, रामपुकार साह, विजयराज खनाल, महम्मद एनामुल हक, मुकेश अग्रवाल, सरोजकुमार सिंह, मोनिका यादव, सोनी झा, हरिशकुमार साह, सपना अग्रवाल, बाबू धनेन्द्र चौरसिया, रञ्जीतकुमार राउत, जीतेन्द्रप्रसाद मण्डल, राजीवकुमार सिंह, अनिलकुमार यादव, विप्लव मानन्धर, आकाश गुप्ता, विमला महर्जन, अजितकुमार साहलगायत गैरहाजिरी रहेको देखिएको छ।
नारायणी अस्पतालको प्रशासन गैरजिम्मेवार बन्दा यस्तो हबिगत देखिएको प्रशासनको ठम्याइ छ। गैरहाजिरी हुने कर्मचारीहरूले बिदा पनि नभरेको र एकजना मङ्सिर १५ देखि २९ गतेसम्म र कोही–कोही दुई/चार दिनसम्म गैरहाजिरी भएको देखिएको छ।
त्यसैगरी, अग्रिम हाजिरी गर्ने पाँचजना कर्मचारीमा कन्सल्टेन्ट एनेसथेटिस्थ डा सन्देशकुमार यादव, डा रोहित गुप्ता, सहायक पाँचौं स्टाफ नर्स पूनम पासवान, अहेब रूपेश हजरा, पियन मनराज साह तेली रहेका छन्। यिनीहरूले मङ्सिर ३० गतेको हाजिरी २९ गतेको मितिमा अग्रिम गरेको देखिएको छ।
गैरहाजिरी हुनेहरूलाई आवश्यक कारबाईका लागि मेसु ठाकुरलाई निर्देशन दिइएको प्रजिअ तामाङले बताए।
Home समाचार प्रमुख समाचार नारायणी अस्पतालमा एकै दिन १२२ जना कर्मचारी गैरहाजिरी, ५ जनाले भोलिको हाजिरी...