प्रस, रौतहट, ६ पुस/
जिल्लाका साबिक सखुअवा धमौरा गाविस वडा नं ७ हाल वृन्दावन नपा वडा नं ६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिलकुमार पटेलले ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
ओम्नी अटोमोबाइल प्रालि चन्द्रनिगाहपुरको ट्याक्टर शोरूमबाट किस्ताबन्दीमा ट्याक्टर खरीद गरेका २३ जना किसानको किस्ताबापतको रकम पटेलले २०७५ साउन १ गतेदेखि बुझ्दै आए पनि कम्पनीलाई नबुझाएको जाहेरी आएको आधारमा प्रहरीले पक्राउ गरेको हो।
२०७५ साउनदेखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनी बुझिलिई कम्पनीमा बुझाउनुपर्नेमा नबुझाइ ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको भन्ने बेहोरा जाहेरी दरखास्त परेपछि पटेललाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहट जिल्ला अदालतबाट ७ दिन न्यायिक हिरासतमा राख्ने अनुमति लिई ठगी गरेकोमा थप अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here