प्रस, ठोरी, ३ पुस/
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा शुक्रवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरको उद्घाटन गर्दै वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सामाजिक सेवामा निरन्तर लागिरहने बताए। उनले आफ्नो पिताले यस किसिमको सामाजिक सेवा गर्दै आएको स्मरण गर्दै यसलाई निरन्तरता दिने बताए। जनता समाजवादी पार्टी ठोरीका संयोजक रामबहादुर पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष्F जरी लामा, सहजीकरण चन्द्र नेवारले गरेका थिए। कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष्F केसी लामिछाने, वडाध्यक्ष रामबहादुर पाख्रिन, विमल प्रधानलगायतको सहभागिता थियो।
नगरप्रमुख सरावगीको व्यक्तिगत आर्थिक सहयोगमा भएको शिविरमा ठोरी र जीराभवानी गापाका २४८ जनाले आँखा जाँच गराएका थिए। जसमध्ये ७५ जनामा मोतीबिन्दु भेटिएको र उनीहरूको माट्रिका आई फाउन्डेशनमा निश्शुल्क शल्यक्रिया हुने बताइएको छ।
शिविरमा फाउन्डेशनका महेशसिंह धामीसहितको टोलीले आँखा परीक्षण गरेको थियो।
प्रस, वीरगंज/
वीरगंज महानगरपालिका–३० लालपर्सामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
माट्रिका आई फाउन्डेशनको सहयोगमा साहेब दरबार सेवा संस्थान र जसपा नेपालको आयोजनामा सम्पन्न शिविरमा २३१ जनाको आँखा परीक्ष्Fण गरिएको र ७५ जनामा मोतीबिन्दु देखा परेको संस्थानका अध्यक्ष राजेशमान सिंहले बताए। मोतीबिन्दु देखिएका ७५ जनाको पुस ५ गते फाउन्डेशनमा निश्शुल्क शल्यक्रिया गरिने युवा नेता हरेराम गुप्ताले बताए। शिविर सञ्चालनमा जसपाका नेताहरू प्रेमबाबू पटेल, मुकेश द्विवेदी, आमोद यादव, लियाकत अलि, रोशन श्रेष्ठ, राधेश्याम गुप्ता, माइकल मण्डल, गगनदेव यादवलगायतले सहयोग गरेका थिए।
शिविरमा फाउन्डेशनका रुबी राउत, रवीन्द्रकुमार गुप्ता र सञ्जय कुमारले प्राविधिक सहयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here