प्रस, परवानीपुर, १ पुस/
नेपाल–भारत सिल सीमा पुस १ गतेपछि खोल्नेबारे सरकारले निर्णय नगर्दा वीरगंज–रक्सौल नाका आंशिकरूपमा खुलेको छ। वीरगंज भन्सारबाट एक महीनायता खेतको बाटो भएर रक्सौल आउजाउ भइरहेको थियो भने बुधवारदेखि सडकमार्गबाट पैदलयात्री, मोटरसाइकल, साइकल, ईरिक्शा र बिहेवारीका सवारीसाधन सहजै नाका आरपार गरिरहेका छन्।
सरकारले सीमा खोल्नेबारे कुनै किसिमको निर्णय वा निर्देशन नदिंदा स्थानीय प्रहरी प्रशासन पनि अन्योलमा छन्।
यस विषयमा पर्साका सशस्त्र प्रहरी उपरीक्ष्Fक राजेन्द्र खड्काले सीमा खोल्ने कि बन्द गर्ने विषयमा माथिल्लो निर्देशन नआएको जानकारी गराए। उनले नाका पहिलेभन्दा सहज पारेको बताए। उनले भने– “वीरगंज–रक्सौल मुख्य नाका भएकोले अलिकति सहज पारिएको छ तर कुनै निर्देशन नआउँदा हामी पनि सरकारको निर्णयको प्रतीक्षामा छौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here