प्रस, निजगढ, २९ मङ्सिर/
चुरे क्षेत्रको खोलाबाट अवैधरूपमा चोरी गरी ल्याएका ढुङ्गासहित एकवटा टिपर र त्यसका चालकमाथि डिभिजन वन कार्यालय बाराले अनुसन्धान शुरू गरेको छ।
शनिवार राति ना.८ख ४७२४ नंको टिपर र आइतवार बिहान त्यसका चालक चितवन हरपुर–४ का ३९ वर्षीय दलबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि डिभिजन वन कार्यालय बारालाई बुझाएको थियो।
“अनुसन्धान शुरू गरेका छौं। संलग्न जोकोहीलाई पनि कानूनी दायरामा ल्याएर छोड्छौं,” डिवका प्रमुख एवं डिएफओ मन्जुर अहमदले भने। नदीजन्य पदार्थ अवैधरूपमा उत्खनन, सङ्कलन, ओसारपोसार गर्ने, गराउनेलाई स्थानीय तहमा बुझाउँदा प्रभावकारी अनुसन्धान नहुने र दण्ड जरिवानासमेत निकै न्यून हुने गरेको छ। जसले गर्दा नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसारपोसार गर्ने, गराउनेहरूको मनोबल नघट्दा प्राकृतिक स्रोत साधनमाथि अवैध कार्य जारी राखेका छन्।
प्राकृतिक स्रोत साधन, नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन, ओसारपोसारसम्बन्धी स्थानीय तहले कडा कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्ने स्थानीयहरूले बताउँदै आइरहे पनि यसतर्फ उचित ध्यान दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here