प्रस, जीतपुर, २६ मङ्सिर/
जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शøयाको अस्पताल बनाउन माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकामार्पmत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई शुक्रवार मागपत्र बुझाएको छ ।
सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वको टोलीले उपप्रमुख सरस्वतीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलसँग भेट गरी २५ शøयाको अस्पताल बनाउनका लागि माग गरेको थियो। मागपत्रमा एक लाखभन्दा बढी जनसङ्ख्या भएको आर्थिक नगरीको रूपमा विकास भइरहेको जीतपुरसिमरा उपमहानगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र पनि नियमितरूपमा सञ्चालन नहुनु दुःखद भएको बताए । उनीहरूले औद्योगिक क्षेत्रमा हुने घटना र अन्तर्राष्ट्रिय राजमार्गमा हुने साना–ठूला दुर्घटनाका घाइतेलाई तत्काल प्राथमिक उपचार गर्न र विशेष खालका बिरामीहरूको थप उपचारका लागि ठूला अस्पतालमा सिफारिश गर्नेसम्मको कामका लागि २५ शøयाको सरकारी अस्पताल सञ्चालनमा ल्याउन आवश्यक भएको तर्क गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सम्बोधन गरी लेखिएको मागपत्रमा जीतपुरसिमरा उपमहानगरपालिका भइसक्दा पनि उपमहानगरपालिकाको मापदण्ड अनुसार कमसेकम २५ शøयाको अस्पताल आवश्यक भएको उल्लेख छ । सामान्य बिरामीलाई पनि वीरगंज लैजानुपर्ने अवस्थाको अन्त्य गर्न प्राथमिक स्वास्थ्य केन्द्रलाई सिमरा अस्पतालमा रूपान्तरण गर्दै आकस्मिक सेवा र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न माग गरिएको छ ।
मागपत्र ग्रहण गर्दै उपप्रमुख सरस्वतीदेवी चौधरीले सरोकार समितिले उठाएको विषय जायज भएकोले आगामी कार्यपालिकाको बैठकमा लैजाने बताइन् ।  प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले दुर्गममा समेत अस्पताल बनेको स्मरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाभित्र अस्पताल नहुँदा नागरिकलाई पीडा भएको बताए । उनले अस्पताल निर्माणको प्रक्रियालाई अगाडि बढाउने काममा आफ्नो सक्दो सहयोग रहने बताए । मागपत्र बुझाउन छविलाल शर्मा, कर्णबहादुर थापा, नारायणप्रसाद घिमिरे, रमेश सापकोटा, विदुर खड्का,  देवनारायण चौधरी, मुस्लिम अन्सारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here