प्रस, सिम्रौनगढ, २५ मङ्सिर/
७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बारा, सिम्रौनगढमा बिहीवार अन्तत्र्रिmया कार्यक्रम भएको छ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं २ कार्यालय जनकपुरधामको आयोजनामा भएको अन्तत्र्रिmयामा मानव अधिकारसम्बन्धी बुँदामाथि छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले मानव अधिकारको स्थिति शहरभन्दा गाउँमा दयनीय भएको बताए। उनले गाउँँमा जनचेतना बढाई मानव अधिकारप्रति सजग गराउन आवश्यक भएको बताए।
कार्यक्रममा उपप्रमुख रीमादेवी कुशवाहा, कार्यपालिका सदस्य परमानन्द मुखिया, राजेशप्रसाद यादव, युवा विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष सन्नी गुप्ता, सिम्रौनगढ विद्वत् परिषद्का उपसचिव रामेश्वरप्रसाद, कङ्काली माविको प्रअ ध्रुवप्रसाद कुशवाहाले मन्तव्य व्यक्त गरेका थिए।
मानव अधिकारकर्मी ज्योतिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण मिश्र, रञ्जीत कुशवाहाले गरेका थिए। जनचेतना नेपाल समाजको सहयोगमा भएको कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी सन्दीपकुमारले गरेका थिए।