प्रस, पंचगावाँ, २४ मङ्सिर/
सुनौलो परिवार नेपाल पर्साको आयोजनामा पटेर्वासुगौली गाउँपालिकामा पालिकास्तरीय परियोजना कार्यक्रम सम्पन्न भएको छ।
युके एडको सहयोगमा मेरी स्टोप्स इन्टरनेशनलको समन्वयमा गापामा स्वेच्छिक बन्ध्याकरण, ९ हप्ते गर्भपतन  शिविर स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको र सोको आज समापन भएको हो। सुनौलो परिवार नेपाल पर्साकी संयोजक मनीषा श्रेष्ठले महिलाहरूको लागि अस्थायी साधन इम्प्लान्ट २५५ जना महिला र आयुसिडी १ र ३ वर्ष अवधिको २५६ जना महिलालाई सेवा दिएको बताइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, सूचना प्रविधि अधिकृत सोलेन्द्र पञ्जियार, स्वास्थ्य संयोजक जगन्नाथ साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here