प्रस, परवानीपुर, २४ मङ्सिर/
सामाजिक क्षेत्रमा काम गरिरहेको सानो पाइला १५औं वर्षमा प्रवेश गरेको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुर्लीका विपन्न, असहाय ३० जना बालबालिकालFई सानो पाइलाले शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरेको थियो।
कार्यक्रममा युवालाई लागूऔषधबाट विस्थापित गरी आत्मनिर्भर बनाउनेतर्फ सानो पाइला क्रियाशील रहेको संस्थाका कार्यकारी निर्देशक कञ्चन झाले बताए।
शिक्षा, जनचेतना, सशक्तीकरण, रोजगारको क्षेत्रमा हजारौं मानिसलाई संस्थासँग प्रत्यक्ष/अप्रत्यक्षरूपमा जोडेको कार्यकारी निर्देशक झाले बताए।
संस्थाकी सचिव सुषमा तिवारी द्विवेदीको सभापतित्व तथा विवेक कर्णको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वसभासद् अनिल रूँगटा, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतले मन्तव्य व्यक्त गरेका थिए।