प्रस, वीरगंज, २३ मङ्सिर/
नेपाल–भारत खुला सीमा संवाद समूहले मङ्गलवार बा–हौं दिन पनि वीरगंज भन्सार कार्यालयअगाडि धर्ना दिएको छ।
नेपालतर्फको सिल नाका खुला गर्नुपर्ने माग गर्दै भन्सार कार्यालयअगाडि धर्ना दिंदै आएको समूहको धर्नाप्रति आज प्रदेश सदस्य एवं पूर्वमन्त्री करीमा बेगमले पनि ऐक्यबद्धता जाहेर गरिन्।
बिहान ९ देखि १० बजेसम्म एक घण्टा धर्नामा उनी सहभागी भइन्।
धर्ना कार्यक्रममा समूहका पर्सा संयोजक कृष्ण पटेल, जसपाका नेता नेजामुद्दीन समानी, नेत्री रम्भा मिश्र, उषा श्रीवास्तव, प्रतिमा जोशी, शेख मुन्ना, कपिल चौगाईं, रमेश सर्राफ, मनीष रौनियार, अनीता रौनियार, नवलकिशोर सिंह, वीरेन्द्र कुशवाहा, मालती कुशवाहा, नजमा खातुनलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here