प्रस, वीरगंज, २१ मङ्सिर/
प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रपत्रिका वर्गीकरणमा देखिएको विवाद र सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि विषयक एक दिने अन्तत्र्रिmया आइतवार सम्पन्न भएको छ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले विगतको तुलनामा अहिले इलेक्ट्रोनिक मिडियाले पत्रिका क्षेत्रलाई धरापमा पारिरहेको बताइन्। उनले दर्ता नभएका विभिन्न अनलाइन र युट्युब च्यानलका कारण भ्रामक समाचार प्रस्तुत भइरहेको आरोप लगाइन्। प्रेस काउन्सिलमा अहिलेसम्म २६ सय जति अनलाइन दर्ता भएका र सोको निगरानी भइरहेको उनले बताइन्। दतर्F नभएका अनलाइनले अनावश्यक लाञ्छना लगाउने तथा बदनाम गर्ने काम गरिरहेको बताइन्। उनले वर्गीकरणको नतीजा सार्वजनिक हुँदा विभिन्न किसिमका आरोप–प्रत्यारोपलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे सुझाव सङ्कलन गर्न आएको बताइन्।
कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले प्रेस काउन्सिलमाथिको विश्वसनीयता गुम्दै गएको बताए। प्रेस काउन्सिलले प्रलोभनमा परी नतीजा सार्वजनिक गर्ने कार्यलाई रोक्नुपर्ने माग गरे।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई अनलाइन दर्ता गराउँदा सम्बन्धित जिल्लाबाट अनुमति माग्न सुझाइएको थियो। जथाभावी देशभरि खोलिएका अनलाइन, युट्युब तथा फेसबूकको माध्यमबाट समाचारको मर्म र भावनाविपरीत प्रचारप्रसार हुँदा पत्रकारिता क्षेत्र जोखिममा परेको बताए।
कार्यक्रममा अनुप तिवारी, प्रेस सङ्गठन बाग्मतीका सहसंयोजक सुनील खड्का, मिडिया अनुगमनकर्ता सम्झना पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्काले गरेका थिए।