प्रस, वीरगंज, १२ मङ्सिर/
भिटामिन ‘ए’ र जुकाको औषधि खाने राष्ट्रिय अभियानबाट वीरगंज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका बालबालिकाहरू वञ्चित रहे। सरकारले मङ्सिर ११ र १२ गते राष्ट्रिय अभियान अन्तर्गत जन्मैदेखि ६ महीनामाथिका र ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दुई दिने अभियान चलाएको थियो।
यो अभियान अन्तर्गत वीरगंज–२४ रामगढवामा ९ जना स्वयंसेविकाहरू परिचालित भए। उनीहरूले पुरानो सूची अनुसार करीब १२ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको हेल्थपोस्ट इन्चार्ज लालबाबू चौरसियाले बताए। तर सोही वडाको नयाँबस्तीका सयौं बालबालिका भने भिटामिन ए र जुकाको औषधि खानबाट वञ्चित रहे।
मानव कल्याण सामुदायिक केन्द्र रामगढवाका अध्यक्ष्F रामराजा यादवले रामगढवा नयाँबस्तीका बालबालिकाहरू राष्ट्रिय अभियानबाट वञ्चित भएको भनी वडाध्यक्ष दशरथ पटेल र हेल्थपोस्ट इन्चार्ज लालबाबू चौरसियाको ध्यानाकर्षण गराएको बताए। उनले दुवैजनाले सो विषयलाई गम्भीरताका साथ नलिएको आरोप लगाए।
हेल्थपोस्ट इन्चार्ज चौरसियाले भने वडामा ९ जना स्वयंसेविका खटेको र नयाँबस्तीमा अभियान सञ्चालन गर्न समय अभाव भएको बताए। उनले यसबारेमा शनिवार स्वयंसेविकाहरू खटाउन सकिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here