अज्ञात समूहद्वारा रूख कटान

0

प्रस, पंचगावाँ, १२ मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिका–४ देउरवानामा युवाहरूले चन्दा सङ्कलन गरेर लगाएको बिरुवालाई अज्ञात समूहले नष्ट गरेको छ। बिहीवार राति करीब सवा तीन बिघा जग्गामा रोपिएका बिरुवा अज्ञात समूहले कटानी गरेर नष्ट गरेको वडाध्यक्ष जुम्माद्दीन मियाँले बताए। सो जग्गा श्मशानघाटको रूपमा प्रयोग हुँदै आएको थियो। त्यहाँ युवाहरूले यसै वर्षको जेठ महीनामा एक हजार बिरुवा रोपेका थिए। गएराति करीब दुई सय बिरुवा कटानी गरेर नष्ट गरिएको थियो।
वडाध्यक्ष र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले घटनास्थलको अनुगमन गरेको छ। प्रहरी निरीक्षक रामकाजी थापाले बिरुवा कटानी गर्नेको खोजी भइरहेको बताए। उनले केही दिनमा घटनाका दोषीलाई पक्राउ गरी सार्वजनिक गरिने बताए।
सार्वजनिक ऐलानी जग्गा हडप्ने दाउपेचमा लागेका व्यक्तिहरूबाट सो काम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले सो जग्गामा आँखा लगाउनेहरूसँग घटनाबारे बुझ्ने प्रयास गरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here