प्रस, रौतहट, २७ कात्तिक/
श्री आधारभूत विद्यालय भवन समुद्घाटन कार्यक्रम बिहीवार सम्पन्न भएको छ । परोहा नगरपालिका–६ स्थित सो विद्यालयको नवनिर्मित भवनको उद्घाटन परोहा नगरपालिकाका मेयर शेख वकीलले गर्दै शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारका योजनामा विशेष ध्यान दिएको बताए। विद्यालय व्यवस्थापन समिति गठन नभएकोले अध्ययन अध्यापनमा कठिनाई भइरहेकोले छिट्टै समिति गठन गरी विद्यालय सञ्चालन गरिने उनले बताए ।
परोहा नगरपालिकामा रहेका विद्यालयहरूमा भवन अभाव रहेकोले जग्गा खरीद गरी भवन निर्माण थालनी गरेको उनले बताए । विकासको काममा सबै राजनीतिक दलले सहयोग गर्दै आएको बताउँदै उनले आउँदो दिनमा पनि सहयोग गर्न आग्रह गरेका थिए। सो अवसरमा छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले विद्यालयमा भवन भएर मात्र विद्यालय राम्रो नहुने बताए । भवनको साथै अध्ययन–अध्यापनमा जोड दिन उनले आग्रह गरे ।
छाया नेपालले पिछडिएको ठाउँमा शिक्षा स्वास्थ्यमा लगानी गर्दै आएको छ । परोहा नगरपालिका–६ बाढी पीडित बस्ती रहेकोले भवनमा सहयोग गरेको बताए । क्रसिङ बोडर््स छाया नेपाल अस्ट्रिया तथा परोहा नगरपालिकाको आर्थिक सहयोग एवं छाया नेपालको कार्यन्वयन तथा राष्ट्रिय अपाङ सङ्घ नेपालको सहकार्यमा २०७६ असार १९ गतेका दिन शिलान्यास भई भवन निर्माण सम्पन्न भएकोले नगर प्रमुख शेख वकील एवं छाया नेपालका कार्यकारी निर्देशक कमल थापाबाट नवनिर्मित भवनको संयुक्तरूपमा उद्घाटन भएको थियो । सो अवसरमा समाजका भद्र–भलाद्मी तथा पत्रकारहरूको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here