प्रस, वीरगंज, २५ कात्तिक/
वीरगंज महानगर–३ छपकैयास्थित ओम अस्पतालमा मङ्गलवार बिहान नवजात शिशुको मृत्युलाई लिएर परिवारजनले विवाद गरेका थिए।
उनीहरूले चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरे। वडा प्रहरी कार्यालय, बिर्ताले परिस्थितिलाई साम्य पारेको थियो।
जगरनाथपुर गाउँपालिकाका रोक्सा खाँको १० दिने शिशुको उपचारको क्रममा आज निधन भएपछि विवाद भएको हो।
अस्पतालका चिकित्सक डा जगत दीपले अवस्था बिग्रिएपछि शिशुलाई आफ्नो अस्पतालमा ल्याएको र सङ्क्रमण बढेर मृत्यु भएको बताए। उनले अन्य अस्पतालमा शिशुको उपचार गरिएको र अवस्था बिग्रिएपछि आफ्नो अस्पतालमा ल्याइएको कारण अस्पतालको दोष नभएको बताए। शिशुका परिवारजनले भने ओम अस्पतालको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गरेका छन्।
उनीहरूले क्षतिपूर्ति र उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि कारबाईको माग गर्दै वप्रका बिर्तामा निवेदन दर्ता गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here