प्रस, वीरगंज, २२ कात्तिक/
जनमत पार्टीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
जगरनाथपुर गापा–४ मा आयोजित प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य अब्दुल खाँले जनता समाजवादी पार्टीसँग कुनै एजेन्डा नभएको आरोप लगाए। उनले काङ्ग्रेस र कम्युनिस्ट पार्टीले ६ दशकदेखि मधेसमा विकास नगरी चरम दोहन गरेको आरोप लगाए।
देशमा बेरोजगारी समस्या विकराल रहेको र हाल ४० लाख युवा वैदेशिक रोजगारमा बाहिरिएको भन्दै सरकारको आलोचना गरे।
चन्दन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा केस ओमप्रकाश साह, हेम साह, अनिता रौनियार, विनयकुमार यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।