पर्सामा धानको उत्पादन बढ्यो, मूल्य बढेन

प्रमोद यादव, पंचगावाँ, २० कात्तिक/      पर्सा जिल्लामा यस वर्ष धानको उत्पादन गत वर्षको तुलना वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले चैते, भदैया र अगहनी धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको बताए।    यस वर्ष चैते धान ३ हजार ५ सय हेक्टर जमीनमा खेती गरिएको उनले […]

१० जना सङ्क्रमित थप

प्रस, वीरगंज, २० कात्तिक/    पर्सा, बारा र महोत्तरीमा गरी १० जना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बिहीवार वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा बाराका ७ जना, पर्साका २ जना र महोत्तरीमा १ जना गरी १० जना सङ्क्रमित थपिएको बताए ।    पर्सामा थपिएका दुवै सङ्क्रमित वीरगंज महानगरपालिकाका हुन् ।

महानगरका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालनमा

प्रस, वीरगंज, २० कात्तिक/    वीरगंज महानगरपालिकाले कात्तिक २३ गतेदेखि कक्षा ८ देखि १० सम्मको अध्यापन शुरू गर्ने निर्णय गरे पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू धमाधम सञ्चालन हुँदैछन्।    महानगरपालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको भेलाले कात्तिक २३ गतेदेखि संस्थागत तथा सामुदायिक विद्यालय ८ देखि १० कक्षासम्म सञ्चालनमा ल्याउने […]

जीराभवानीमा प्रहरी र स्थानीयबीच विवाद

प्रस, सेढवा, २१ कात्तिक/    प्रहरीको ज्यादतीको विरोध गर्दै जीराभवानी गाउँपालिका–१ जगतिया चोकमा साँझ ५ः१५ बजे प्रहरी र स्थानीयबीच विवाद भएको छ।    जीराभवानी गाउँपालिका–१ बलुवा निवासी नेसार समानीले पेट्रोलियम पदार्थ ल्याउँदा प्रहरीले माग गरेको रकम नदिंदा प्रहरीले पिस्तोल तेस्र्याउँदै कुटपिट गर्दा विवाद भएको समाचार छ।    इलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवले सादा […]

वीरगंज–पथलैया सडक अन्तिम म्यादमा पूरा नभए ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी

राधेश्याम पटेल, वीरगंज, १९ कात्तिक/    ‘पप्पु कान्ट ड्यान्स सा…’ यो हिन्दी गीत एकताका खूब हिट भएको थियो। नेपालमा ‘पप्पु कान्ट मेक ब्रिज’ भनाइ सामाजिक सञ्जालमा कुनै बेला निकै चर्चित थियो। यस्तै अवस्थामा ‘पप्पु कान्ट मेक रोड टु’ भन्ने टुक्का पनि सुनिन थालिएको छ। पप्पु कन्स्ट्रक्शन वीरगंज, पर्साको निर्माण कम्पनी हो। पर्सा क्षेत्र नं ३ बाट […]

दश लाख रुपैयाँ सहित इन्जीनियर पक्राउ

प्रस, मकवानपुर, २० कात्तिक/     मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घूसको रकमसहित विद्युत् प्राधिकरणका एकजना इन्जिनीयर बिहीवार पक्राउ परेका छन्।    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत हेटौंडा–भरतपुर–बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको हो।    जैसवालले प्रसारण लाइनको ठेकेदारसँग उक्त रकम घूस लिइसकेको अवस्थामा हेटौंडा वडा नं १० […]

कोरोनाबाट सप्तरीका दुई जनाको मृत्यु

प्रस, सप्तरी २० कात्तिक/    कोरोना सङ्क्रमणका कारण बिहीवार बिहान सप्तरीमा दुईजनाको मृत्यु भएको छ।    धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको मृत्यु भएको हो।    सप्तरीका दुईजनाको बिहीवार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले पुष्टि गरेका हुन्। अस्पतालका अनुसार सप्तरीको राजविराज–१ की २३ वर्षीया युवतीको बिहीवार बिहान ३ः१५ बजे मृत्यु भएको हो।  त्यसैगरी, सप्तरीकै राजविराज–८ […]

मधेसी निजामती कर्मचारीको समिति गठन

प्रस, पर्सागढी, २० कात्तिक/    नेपाल मधेसी निजामती कर्मचारी मञ्च जिल्ला कार्यसमितिको विस्तार भएको छ। मनोजकुमार कुर्मीको अध्यक्षतामा बसेको बैठकले फरमान मियाँको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको हो।    समितिको उपाध्यक्ष श्यामकिशोर, दीपेन्द्रकुमार यादव, दिनेश साह, कोषाध्यक्ष रामबालक यादव, सहकोषाध्यक्ष शैलेश कलवार र सचिवमा नरेशकुमार रायभरलगायत अन्य सदस्यहरू छन्।

दोस्रो निर्मल गोल्डकप – गाडुवालाइन र मिलचोक विजयी

प्रस, ठोरी, २० कात्तिक/    ठोरीको निर्मलबस्तीमा सञ्चालित दोस्रो निर्मल गोल्डकपमा बिहीवार सम्पन्न खेलमा गडुवालाइन सुवर्णपुर र मिलचोक विजयी भएका छन्।    आज भएको युवा हरियाली क्लब ठोरी र चौतारी युवा क्लब सुवर्णपुर गडुवालाइनबीचको पहिलो खेलमा गडुवालाइन टीम ३–१ गोलअन्तरले विजयी भएको हो। सो खेलमा गडुवालाइनका मनोज सुवाल ‘म्यान अफ दी म्याच’ घोषित भए।    त्यसैगरी, आजै बुद्धनगर […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।