प्रस, ठोरी, २० कात्तिक/
    ठोरीको निर्मलबस्तीमा सञ्चालित दोस्रो निर्मल गोल्डकपमा बिहीवार सम्पन्न खेलमा गडुवालाइन सुवर्णपुर र मिलचोक विजयी भएका छन्।
    आज भएको युवा हरियाली क्लब ठोरी र चौतारी युवा क्लब सुवर्णपुर गडुवालाइनबीचको पहिलो खेलमा गडुवालाइन टीम ३–१ गोलअन्तरले विजयी भएको हो। सो खेलमा गडुवालाइनका मनोज सुवाल ‘म्यान अफ दी म्याच’ घोषित भए।
    त्यसैगरी, आजै बुद्धनगर युवा क्लब र निर्मल समाज युवा क्लब मिलचोकबीच दोस्रो खेल सम्पन्न भयो। खेलमा मिलचोक २–१ गोलअन्तरले विजयी भयो। सो खेलमा मिलचोकका सुनीलकुमार श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए।
    भोलि नवयुवा क्लब ठोरी–२ र आयोजक टीम निर्मल युवा क्लब निर्मलबस्तीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल तमु युवा क्लब ठोरी र छर्मेन्दो युवा क्लब बाघमोर्चाबीच हुने आयोजक टीमले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here