प्रस, सप्तरी २० कात्तिक/
    कोरोना सङ्क्रमणका कारण बिहीवार बिहान सप्तरीमा दुईजनाको मृत्यु भएको छ।
    धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको मृत्यु भएको हो।
    सप्तरीका दुईजनाको बिहीवार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले पुष्टि गरेका हुन्। अस्पतालका अनुसार सप्तरीको राजविराज–१ की २३ वर्षीया युवतीको बिहीवार बिहान ३ः१५ बजे मृत्यु भएको हो।  त्यसैगरी, सप्तरीकै राजविराज–८ का ६५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो।
    डा श्रेष्ठका अनुसार युवतीमा कात्तिक १८ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन्। उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन्। पुरुषमा भने कात्तिक १५ गते सङ्क्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here