प्रस, वीरगंज, १८ कात्तिक/
    वीरगंज महानगरपालिकाले फोहर गर्नेलाई कारबाई शुरू गरेको छ। वीरगंज–११ त्रिमूर्तिचोकअगाडि नालामा फोहर गरेको कसूरमा स्थानीय भरत साह केसरीलाई रु १५ हजार जरिवाना गरिएको छ।
    केही महीनाअगाडि सफाइ गरिएको  नालामा केसरीले शौचालयको फोहर फालेको प्रमाण भेटिएपछि उनलाई जरिवाना गरिएको महानगरले जनाएको छ। तोकिएको समयमा घरबाहिर वा चोकमा राखेको डस्टबिनमा फोहर राख्नुपर्ने व्यवस्था गरिएकोमा सोविपरीत कार्य गरेकाले उनलाई कारबाई गरिएको हो। नगरप्रमुख विजयकुमार सरावगीले तोकिएको ठाउँबाहेकका स्थानमा फोहर गर्नेलाई जरिवाना गर्न शुरू भएको बताए।
    वार्षिक करोडौं रुपैयाँ खर्च गरेर फोहर व्यवस्थापन गराउँदै आएको महानगरपालिकामा घरधनी, पसल, व्यवसायीले जथाभावी फोहर फाल्दा समस्या भएपछि महानगरले जरिवाना गर्न शुरू गरेको नगरप्रमुख सरावगीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here