प्रस, महोत्तरी, १८ कात्तिक/
    महोत्तरीबाट सशस्त्र प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट सात लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ।
    मटिहानी नाका हुँदै भिœयाइएको करीब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण  सोमवार साँझ बरामद भएको र यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्यबराबरको भन्सार छली गरेर नेपाल भिœयाएको कपडा सोमवार राति  बरामद भएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिएका छन्।
    बरामद उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here