प्रस, बिरुवागुठी, १७ कात्तिक/
    लकडाउनअगाडि गाउँघरमा खेतीपाती गर्नको लागि मजदूरहरूको समस्या थियो भने अहिले लकडाउनपछि बेरोजगार भएका मजदूरहरूले रोजगार पाउन नसकेर समस्या झेलिरहेका छन्।
    मजदूरी गर्नेहरूको अभाव भएपछि खेतीपातीको लागि कृषिमा आधुनिकी प्रविधि भिœयाइएको थियो। धान, गहुँ काट्नको लागि आधुनिक प्रविधिको प्रयोग पर्सा जिल्लामा शुरू भएको हो। मजदूरले भन्दा प्रविधिबाट खेतीपाती गर्दा सस्तो, सुविधाजनक हुने गरेकाले अहिले यसतर्फ किसानहरूको आकर्षण बढेको छ। तर योसँगै लकडाउन भएपछि बाहिर रोजगार गर्नेहरू गाउँघरमा बसेको र उनीहरूलाई अहिले यो कृषि प्रविधिको कारण रोजगार पाउन गा–हो भएको छ।
    आधुनिक प्रविधिबाट खेतीपाती गरिएको कारण मजदूरहरू अहिले सङ्कटमा परेका छन्। पर्सागढी नगरपालिका–३ का विश्वनाथ माझीले आफूले खेती, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकोमा कृषि प्रविधि भित्रिएपछि रोजगारविहीन भएको बताए। अहिले साना किसानहरूले मात्र मजदूरहरूको प्रयोग गर्छन्। ठूला किसानहरूले प्रविधिको प्रयोग गरिरहेकाले मजदूरहरूको आवश्यकता कम हुने गरेको छ। मजदूर माझीले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढेपछि आफूलाई दैनिक गुजारा गर्न पनि समस्या भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here