धर्मेन्द्र चौरसिया, पोखरिया, १७ कात्तिक
पोखरिया नगरपालिका–१० शिवबर्वाको चरिहर्वाटोलमा स्थानीयले सडक, नालाको निर्माण कार्य शुरू गर्नुपर्ने भन्दै सडकमा घेराबार लगाएका छन् ।
सघन शहरी विकास कार्यालयले रु ३ करोडको ठेक्कामा सो टोलमा सडकको दायाँरबायाँ ५र५ सय मिटर लम्बाईको नाला र ७ सय मिटर बाटो माटो ग्रेभलको लागि ठेक्का गरेको थियो । ठेक्का सकार भएपछि सो टोलमा ३० फिट सडक र नालाको लागि अतिक्रमित घर, टहरा भत्काउने काम पनि भयो । टोलवासीहरूले एक महीनाअगाडि विकास निर्माणको लागि अतिक्रमित घर, टहरा हटाएका थिए । तर ठेकेदारले निर्माणको लागि खसालेको छड कात्तिक १६ गते आइतवार ट्याक्टरमा लोड गरी अन्यत्र लैजाने क्रममा गाउँलेहरूले अवरोध गरेका थिए । उनीहरूले अतिक्रमित क्षेत्र खाली गरेपछि सडक, नाला निर्माण शुरू गर्नुपर्ने माग राख्दै टोलमा बाँसको घेरा लगाएर सवारीसाधन आवतजावत बन्द गराएका छन् ।
ठेकेदारले निर्माण सामग्री लैजाने भयले उनीहरूले सो कार्य गरेको बताएका छन् ।
वडाध्यक्ष सोनालाल साह गोडले ठेक्का लागे पनि ठेकेदारसँग सम्झौता नभएको कारण काम शुरू नभएको बताए । उनले एकरदुई दिनमा सम्झौता हुने र काम शुरू हुने जानकारी गराए ।