प्रस, वीरगंज, १४ कात्तिक/
    वीरगंज महानगरपालिकाका कर्मचारीहरूले मिलेमतोमा भेडाहा खोलाको टेन्डर गर्न खोजेको तर सो रोकिएपछि महानगरलाई १ करोड फाइदा भएको छ।
    गिट्टी, बालुवा उत्खननको लागि यस आवमा महानगरले गोप्य सूचना प्रकाशित गरेर न्यूनतम मूल्य ३८ लाख १० हजार तोकी ४१ लाखमा दिने प्रपञ्च रचिएको थियो। तर सो कुराको यस दैनिकले खुलासा गरेपछि गोप्य टेन्डर प्रक्रिया रोकिएको थियो। अहिले महानगरले सोही खोलाको सार्वजनिकरूपमा टेन्डर आह्वान गर्दा रु १ करोड ४५ लाख ९ सयमा टेन्डर सकार भएको छ।
    नगरप्रमुख विजयकुमार सरावगीले गोप्य टेन्डर आफ्नो आदेशमा रद्द गरेका थिए। कर्मचारीहरूको मिलेमतोमा सो घटना भएपनि यसबारेमा छानबीन गरिएको छैन।
    महानगरले गत आव २०७६/७७ मा सो खोलाको टेन्डर तीन महीनाका लागि रु ९१ लाख र आव २०७५/२०७६ मा एक वर्षको लागि रु १ करोड ४५ लाखमा गरेको थियो।
    नगरप्रमुख सरावगीसहित महानगरका कर्मचारीहरू कोरोना सङ्क्रमित भएर आइसोलेट भएको अवस्थामा महानगरका केही कर्मचारीको मिलेमतोमा भेडाहा खोलाको टेन्डर कम मूल्यमा दिने प्रपञ्च रचिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here