प्रस, पंचगावाँ, २ कात्तिक/
    चाडपर्व शुरू भएसँगै ग्रामीण क्षेत्रबाट तस्करी बढेको छ। भारतीय सीमासँग जोडिएका पर्साको ग्रामीण क्षेत्रबाट अहिले मोटरसाइकल, साइकल र पैदल तस्करी बढेको हो।
    पाँडेपुर, पिडारी, भिस्वा, बन्जारी प्रसौनीभाठा, अमरपट्टि, बुढगाई, महादेवपट्टि, मिर्जापुर, टिहुकीलगायतका ठाउँबाट तस्करहरूले हार्डवेयर, कपडा, मेशिनरी, इलेक्ट्रोनिक्स र खाद्यान्नको तस्करी गरिरहेका छन्।
    तस्करी गरिएका सामान पर्सा जिल्लाको पोखरिया, जानकीटोला, भिस्वा, महुवन, विन्दवासिनी, बहुअर्वाभाठा, चण्डालचोक, डोकैला बहुअरी, श्रीपुर पँचगावा, रङ्गपुर टाँडी, सेढवा, देउरिया, निचुटा, सुगौलीलगायतका ठाउँमा रहेका बजारमा पु–याइन्छ। यहींबाट जीतपुर पनि पु–याउने गरिन्छ।
    चाडपर्व शुरू भएसँगै तस्करी बढेको र सीमा सिल भएपनि प्रहरी, सशस्त्रले ध्यान दिएका छैनन्। उनीहरूको मिलेमतोमा यो काम भइरहेको स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here