स्वतन्त्रता सेनानी नुनियाको निधन

0


प्रस, सिम्रौनगढ, २ कात्तिक/
    सिम्रौनगढ नगरपालिका–६ निवासी नेपाली काङ्ग्रेसका पुराना नेता स्वतन्त्रता सेनानी हरिहर महतोको ७५ वर्षको उमेरमा निधन भएको        छ।
    २०३६ सालको जनमत सङ्ग्रहदेखि स्वतन्त्रताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका नुनिया पञ्चायतकालमा पटक–पटक थुनामा परेका थिए। उनको निधनमा नेका बारा क्षेत्र नं. १ का अध्यक्ष एवं सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशङ्कर यादवले पार्टीको झन्डा ओढाएर सम्मान गरे।
    नुनियाको निधनमा नेकाका केन्द्रीय सदस्य पूर्वमन्त्री फर्मुल्लाह अन्सारी, पूर्व सांसद शोभाकर पराजुली, सभासद उमाकान्त चौधरी, नेका नेता चन्द्रशेखर यादवलगायतले दुःख व्यक्त गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here