राधेश्याम पटेल, वीरगंज, २८ असोज/
वीरगंज–पोखरिया सडकखण्डमा पर्ने तिलावे पुलको काममा ठेकेदार कम्पनीको बदमाशीले गर्दा पर्साका हजारौं जनता सास्ती खेप्न बाध्य छ । ठेकेदार कम्पनी पप्पु/लुम्बिनी ज्वाइन्ट भेन्चर प्रालिको बदमाशीका कारण २०७२ जेठ ७ गते सकार गरेको ठेक्काको अन्तिम २०७७ फागुन १३ गते रहे पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री विमलेन्द्र निधिले उक्त पुलको शिलान्यास गरेका थिए ।
रु ७ करोड ७१ लाख निर्माण लागत रहेको सो पुलको निर्माण अवधि ५ वर्ष बितिसके पनि हालसम्म सो पुलको भौतिक प्रगति २५ प्रतिशत मात्र रहेको छ ।
ग्रामीण सडकको मेरुदण्ड रहेको तिलावे पुलको काममा स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासनको उदासीनताले पनि ठेकेदार कम्पनीले निर्माण कार्यमा लापरवाही गरेको बुझिएको छ ।
पप्पुको साझेदार लुम्बिनी जेभी काठमाडौंका व्यवसायी विष्णु शर्माले आगामी ५ महीनामा काम सम्पन्न गरिसक्ने बताएका छन्््् । उनले ४० प्रतिशत भौतिक प्रगति भइसकेको र शतप्रतिशत काम ठेक्काको अन्तिम मितिसम्म सकिने बताए । उनले दुईवटा स्पानको काम एकैपटक शुरू भएको दाबी गरेका छन् । पुलको फाउन्डेशन ३५ प्रतिशत, सब स्ट्रक्चर १५ प्रतिशत र स्लेब ढलान ५० प्रतिशत गर्नुपर्नेमा फाउन्डेशनको काम सकेर सब–स्ट्रक्चरको काम भइरहेको बताए । पप्पुले तीन वर्षसम्म काम नगरेपछि लुम्बिनीले आपैंm काम सम्पन्न गर्ने जिम्मा लिएको हो ।