प्रस, सेढवा, १३ असोज/
पर्साको ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ। असोज १ गतेदेखि सरकारले सार्वजनिक यातायात सेवा सञ्चालनको अनुमति दिए पनि पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सडकलगायतका समस्याले बससेवा सञ्चालन भएको थिएन।
असोज १२ गतेदेखि ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन भएको मुन्ना ओझाले बताए।
सोमवार सेढवासम्म सञ्चालन भएको बससेवा मङ्गलवारदेखि ठोरीसम्म सञ्चालन भएको छ। दैनिक तीनवटा बस सञ्चालनमा आएको ओझाले बताए।
यसैगरी, जीराभवानी गापाको सेढवाबाट ठोरी जाने सडकखण्ड बिग्रेकोमा गापाको सहकार्यमा सडक मरम्मत कार्य शुरू गरिने ओझाले जानकारी गराएका छन्।