२०७७ असोज १४ गते बुधवारको प्रतीक दैनिक
लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन
राधेश्याम पटेल, वीरगंज, १३ असोज/नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजअगाडि मङ्गलवार बिहान धर्ना र प्रदर्शन भएको छ।जनता समाजवादी पार्टी नगर कमिटीको आयोजनामा बिहान १० देखि ११ बजेसम्म धर्ना तथा प्रदर्शन भएको हो। सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, वीरगंज–१३ का अध्यक्ष तुफान अन्सारी, सुन्दर कुर्मी, तबरेज अहमद, […]
भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी
प्रस, वीरगंज, १३ असोज/ वीरगंज बसपार्कमा भारतीय यात्रीहरूलाई गलत तरीकाबाट पिसिआर रिपोर्ट उपलब्ध गराइँदै आएको तथ्य खुलेको छ। सार्वजनिक यातायात सञ्चालनसँगै भारतीय यात्रीहरूको हकमा पिसिआर अनिवार्य गरिएकोमा अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ। वीरगंजमा पिसिआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ। तर यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पिसिआर […]
रोगको कारण ठोरीमा धान उब्जनी ४० प्रतिशत घटयो
माधव तिमल्सिना, ठोरी, १३ असोज/ ठोरीवासीलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ। केही दिनअघिको झरीका कारण धान भित्र्याउन नसकेका किसानहरूलाई यतिबेला झरी रोकिएसँगै धान भित्र्याउने चटारो छ। ठोरी गाउँपालिकाका केही ठाउँमा कात्तिकको अन्त्यतिर पाक्ने धानखेती गरिएको भएपनि अधिकांश किसानले असोजमा पाक्ने धानखेती गरेका छन्। यस वर्ष ठोरीमा धानको उत्पादन घटेको कृषकहरू बताउँछन्। धानको बाला लाग्ने […]
सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन
राधेश्याम पटेल, वीरगंज, १३ असोज/ नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ मा विवाद उत्पन्न भएको छ। महासङ्घले असोज १२ गते सम्पन्न गर्नुपर्ने प्रदेश महासङ्घको अधिवेशन मिलेर हुन नसक्दा दुर्ई समूहले छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरी सर्वसहमतले प्रदेश अध्यक्ष चयन गरेको दाबी गरेका छन्। रौतहटका बासिन्दा तथा केन्द्रीय महासङ्घका उपाध्यक्ष रामजी साहले एउटा समूहको अध्यक्ष चयन […]
ज्यान मुद्दामा चारजना पक्राउ
प्रस, रौतहट, १२ असोज/ गढीमाई नगरपालिका वडा नं ३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाकी ३५ वर्षीया पत्नी मिन्त्रादेवी बैठाको हत्या आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका वडा नं ३ बस्ने ४० वर्षीय जमसैद मियाँ, सोही स्थान बस्ने वर्ष ३५ का दाउद मियाँ, वर्ष ३२ का जहरुद्दीन मियाँ भन्ने हारुन […]
बाँदरका लागि वनमैं फलफूल रोपण
महोत्तरी, १३ असोज/रासस बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमैं सघन फलफूल रोपण शुरू गरेको छ। जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमैं रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरू गरेको हो। यस अभियान अन्तर्गत यसपालि वर्षामा एक हजार ५०० […]
सर्लाहीका सो–ह क्रसर उद्योग बन्द
सर्लाही, १३ असोज/रासस जिल्लामा गैरकानूनीरूपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्। वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनले भने, “जिल्ला प्रशासन कार्यालयबाट […]
भन्सार छलीको सामान बरामद
प्रस, रौतहट, १३ असोज/ ईशनाथ नगरपालिका–२ औरैयाबाट भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको रु ५ लाख ४६ हजार मूल्य बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ। सुर्ती १०९ किलो, कपडा र मोबाइलमा प्रयोग हुने विभिन्न सामान सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको टोलीले बरामद गरेको हो। पक्राउ परेका सामान आवश्यक […]
कोरोना सङ्क्रमित दुईजनाको मृत्यु
प्रस, वीरगंज, १३ असोज/ गएराति वीरगंजमा थप एकजना वृद्धको कोरोना सङ्क्रमणले मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, बरहथवा–६ का ७० वर्षीय वृद्ध रहेका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा असरफ हुसैनले जानकारी गराए। गत आइतवार राति नारायणी अस्पतालमा […]