२०७७ असोज १३ गते मङ्गलवारको प्रतीक दैनिक
टाटासुमो र बसले यात्री ठगेको गुनासो
प्रस, वीरगंज, १२ असोज/ असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायात अन्तर्गत वीरगंजबाट सञ्चालित बस, टाटासुमोका सञ्चालकहरूले यात्रीहरूलाई ठगिरहेका छन्। सरकारले तोकिएको भाडादरमा पचास प्रतिशत थपेर सिट सङ्ख्याको आधा मात्र यात्री ओसार्न अनुमति दिएकोमा अहिले दोब्बर–तेब्बर भाडा लिने र सिट सङ्ख्या अनुसार यात्री राख्ने गरिएको पाइएको छ। शुरूका दिनमा बस र टाटासुमोले सरकारले तोके अनुसारको […]
पर्सागढीको दुईवटै एम्बुलेन्स ग्यारेजमा थन्कियो
प्रस, पर्सागढी, १२ असोज/ पर्सागढी नगरपालिकामा रहेको दुईवटा एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ। बिग्रिएका एम्बुलेन्स मरम्मतको लागि वीरगंजस्थित न्यू दुर्गा मोटर रिपेयरिङमा राखिएको छ तर नगरपालिकाको आदेश नभएको कारण अहिले मरम्मत सम्भार भएको छैन। शुरूमा एउटा एम्बुलेन्स बिग्रेर तीन दिनसम्म जनता सडकमा बेवारिस थियो। पत्रिकामा समाचार प्रकाशित भएपछि एम्बुलेन्सलाई ग्यारेजसम्म लगियो। तर मरम्मत गरिएन। अहिले […]
स्थानीयद्वारा जनता सडकको मरम्मत र सफाइ
प्रस, बिरुवागुठी, १२ असोज/ पर्सागढी नगरपालिका–३ सुन्दरटोलदेखि पारस पटेलचोकसम्मको जनता सडकको दायाँ/बायाँ उम्रिएका झारपात स्थानीयले सफाइ गरेका छन्। वडासदस्य अरुणप्रकाश रेग्मीको अगुवाइमा स्थानीयवासीले सफाइ गरेका हुन्। सडकको दायाँ/बायाँ झारपात उम्रेर सवारी आवागमनमा कठिनाइ भएको र दुर्घटनाको सम्भावना भएको हुनाले झारपात सफाइ गरिएको वडासदस्य रेग्मीले बताए। यसैबीच, सोही सडकखण्डमा निर्मित कालोपत्र सडक बिग्रन थालेपछि स्थानीयले मरम्मत […]
सामुदायिक सेवा केन्द्रको आयोजनामा रक्तदान
प्रस, वीरगंज, १२ असोज/ सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरको आयोजनामा वीरगंज–११ त्रिमूर्ति टोलस्थित त्रिमूर्ति सिनेमाहलमा आयोजित रक्तदान कार्यक्रममा सातजना महिलासहित ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताए। रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वडाध्यक्ष तुफान फारूक अन्सारी, सबिता कार्की, गीता चौहान, रञ्जना साह, शर्मिला पोखरेल, […]
पर्यटन दिवसको अवसरमा विभिन्न जिल्लामा कार्यक्रम
प्रस, वीरगंज, १२ असोज/ विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेस नेपालले तराई मधेसका जिल्लामा विभिन्न कार्यक्रम गरेको छ। कोरोनाको कारण थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र उत्थानमा टेवा पु–याउने उद्देश्यले भिजिट मधेसले विभिन्न कार्यक्रम गरेको संयोजक ओमप्रकाश सर्राफले बताए। वीरगंजको भिस्वा डाँडामा आयोजित कार्यक्रमको नगरप्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए। यसैगरी, भुटनदेवी मन्दिरमा सरसफाइ र […]
जिपी फाउन्डेशनद्वारा प्रजिअलाई ज्ञापन
प्रस, वीरगंज, १२ असोज/ गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। फाउन्डेशनका सचिव धीरजप्रसाद गुप्ताले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लाको स्वास्थ्य अवस्थामा सुधार गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। कोरोना सङ्क्रमणको बेला उपचार नपाएर मानिसको मृत्यु भएको भन्दै त्यस्तो अवस्था सृजना हुन नदिन जिप्रका पर्साको ध्यानाकर्षण गराएको ज्ञापनपत्रमा उल्लेख छ। […]
नदीजन्य पदार्थ सङ्कलनमा रोक लगाएपछि सडक अवरुद्ध
प्रस, निजगढ, १२ असोज/ वर्षाको समय अन्तिम भइसकेपछि पनि नदीजन्य पदार्थ उत्खननमा रोक लागि नै रहेको भन्दै नदीजन्य पदार्थ उत्खनन खुलाउन स्थानीयले माग गरेका छन्। नदीमा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्नसमेत समस्या भएको उनीहरूको भनाइ छ। अवैधरूपमा सङ्कलन, उत्खनन गरिएका नदीजन्य पदार्थ ग्रेभल, ढुङ्गा, बालुवा कुनै पनि हालतमा खरीद नगर्न निजगढ नगरपालिकाले स्थानीय […]
निजगढ नेशनल हस्पिटलको उद्घाटन
प्रस, निजगढ, १२ असोज/ निजगढ नगरपालिकामा दक्ष चिकित्सकसहितको निजी लगानीमा निजगढ नेशनल हस्पिटल सञ्चालनमा आएको छ। निजगढ नपाका प्रमुख सुरेशकुमार खनालले सोमवार सो अस्पतालको उद्घाटन गरेका थिए। यस अस्पतालले निजगढका साथै छिमेकी जिल्लाका सेवाग्राहीहरूको समेत मन जित्ने गरी काम गर्न आग्रह गरे। सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिनु नै नगरपालिकाको चाहना भएको बताउँदै नगरप्रमुख खनालले अस्पतालबाट […]
सिम्रौनगढमा शङ्खेकीराको प्रकोप
प्रस, सिम्रौनगढ, १२ असोज/ सिम्रौनगढमा शङ्खेकीराले दुःख दिन थालेको छ। सिम्रौनगढ बजार, अमृतगंज, जानकीनगर, कर्चोवा, देवापुर टेंटालगायतका ठाउँमा शङ्खेकीराले दुःख दिइरहेको स्थानीयले बताएका छन्। घर, करेसाबारी, आँगन, शौचालय, भान्साघरमा शङ्खेकीराले दुःख दिने गरेको स्थानीयले बताएका छन्। २० देखि २५० ग्रामको सँुडे शङ्खेकीराले दुःख दिइरहेको हो। वर्षाको कारण खेतनजीक घर भएकाहरूलाई यो कीराले दुःख दिने गरेको […]