जिपी फाउन्डेशनद्वारा प्रजिअलाई ज्ञापन

0


प्रस, वीरगंज, १२ असोज/
    गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।
    फाउन्डेशनका सचिव धीरजप्रसाद गुप्ताले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लाको स्वास्थ्य अवस्थामा सुधार गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। कोरोना सङ्क्रमणको बेला उपचार नपाएर मानिसको मृत्यु भएको भन्दै त्यस्तो अवस्था सृजना हुन नदिन जिप्रका पर्साको ध्यानाकर्षण गराएको ज्ञापनपत्रमा उल्लेख छ।
    पर्सा जिल्लामा उपचार नपाएर अहिलेसम्म आठजनाको मृत्यु भएको ज्ञापनमा उल्लेख छ। सङ्क्रमितहरूलाई उपचार गराउन अस्पताल भौंतारिनुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्था नआओस् भन्नेतर्फ पहल गर्न ज्ञापनमा अनुरोध गरिएको थियो। ज्ञापन बुझाउने कार्यक्रममा फाउन्डेशनका अध्यक्ष महमद सहाबुद्दीनलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here