निजगढ नेशनल हस्पिटलको उद्घाटन

प्रस, निजगढ, १२ असोज/
    निजगढ नगरपालिकामा दक्ष चिकित्सकसहितको निजी लगानीमा निजगढ नेशनल हस्पिटल सञ्चालनमा आएको छ। निजगढ नपाका प्रमुख सुरेशकुमार खनालले सोमवार सो अस्पतालको उद्घाटन गरेका थिए। यस अस्पतालले निजगढका साथै छिमेकी जिल्लाका सेवाग्राहीहरूको समेत मन जित्ने गरी काम गर्न आग्रह गरे। सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिनु नै नगरपालिकाको चाहना भएको बताउँदै नगरप्रमुख खनालले अस्पतालबाट निस्किने फोहोरमैलाको उचित स्थानमा उचित विधिबाट विसर्जन गर्न सुझाव दिए।
    त्यसैगरी, कार्यक्रममा निजगढकी उपप्रमुख लीलादेवी लामिछानेले नाफामुखीभन्दा पनि सेवामुखी भएर सेवा दिनुपर्ने बताइन्। निजी क्षेत्रको लगानीलाई सुरक्षाको प्रत्याभूति दिन नगरपालिका तयार रहेको बताउँदै गुनासोरहित ढङ्गबाट अस्पताल सञ्चालन गर्न उनले सुझाव दिइन्।
    अस्पताल १५ शय्याबाट शुरू गरिएको सो अस्पतालका सञ्चालक डा पप्पु जायसवालले बताए।
    कार्यक्रममा स्थानीय राजनीतिक दल, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here